फागुन ११ धनगढी । विश्व साईकल यात्री रोशन लामीछाने धनगढी आई पुगका छन । असार १२ गते चितवनबाट विश्व साईकल यात्रा सुरु गरेका विश्व साईकल यात्री लामीछाने आईतबार धनगढी आई पुगेका हुन ।
उनले भारतको कलकत्ता र बंङगलादेशको यात्रा गरी सकेको बताएका छन । कञ्चनपुरको बनबासाहुदै दिल्ली पुगेर पाकिस्तान जाने उनले जानकारी गराए ।
देशको राजधानीमा बृक्षा रोपण गर्दै र रक्तदान कार्यक्रम गर्दै रुख र जीवन एक अर्काको पुरक विषय भएको सन्देश दिदै अगाडी बढ्ने गरेको उनले बताए ।
पाच बर्षको अबधीमा १ सय ९६ देशको यात्रा गर्ने उनले जानकारी गराए । भिमसेनथापा गाउपालीका गोरखाका स्थायी बासिन्दा लामीछानेले पुस्कल शाहको संसारको सात फन्को पुस्तकबाट विश्व साईकल यात्रा गर्ने सहास आएको बताए ।
पहिले देखि यात्रा गर्ने रहर भएको बताउदै उनले भिमसेनथापा गाउपालीका गोरखाले साईकल सहयोग गरेको बताए ।
लाईन्स कल्व अफ काठमाण्डौ साईकल सिटीका सचिव तथा रेडक्रस काठमाण्डौ च्याप्टरका आजीवन सदस्य विश्व साईकल यात्री लामी छानेले एयाङक बाईकले पनि सहयोग गरेको जानकारी गराए ।



