"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । कैलाली र कञ्चनपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट चार जना र कञ्चनपुरबाट २ जना गरी ६ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–९ खल्लाका ७७ वर्षीय डबल कठायतलाई ७९ ग्राम ५ सय मिलिग्राम चरेस सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेस सहित उनलाई घरबाटै पक्राउ गरेको हो ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर–११ गड्डाचौकीबाट ७ ग्राम ६ सय ५० मिलिग्राम लागुऔषध सहित भीमदत्त नगरपालिका वडा नम्बर–१८ का २१ वर्षीय मोहन बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ शिशा पोष्ट नजिकबाट १ ग्राम ३ सय ८० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालीका वडा नम्बर–१३ का २० वर्षीय रमेश रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बोराडाँडीबाट २ सय ३० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का २९ वर्षीय गोबिन्दसिहं महरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर–३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ का २२ वर्षीय प्रकाश घरेडीलाई ३७ ट्याब्लेट नाईट्रापाम नामक लागूऔषध सहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर–५ मेडिकल कलेज नजिकबाट लागूऔषध सहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालीका वडा नम्बर–५ का ३३ वर्षीय ओकेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले नाकको दाहिने पट्टीको प्वाँलभित्र लुकाई राखेको १ ग्राम ३ सय ४० मिलीग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न