"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सात अर्ब लगानीमा चिसापानी – राजकाँडा केबुलकार निर्माण गरिदै

No data was found

Khabar Raftar

पौष ११ धनगढी । सात अर्ब लगानीमा कैलालीको चिसापानी–राजकाँडा केबुलकार निर्माण गरिने भएको छ । चिपासानी –राजकाँडा केबुलकार सात अर्ब लगानीमा निर्माण गरिने भएको हो । केबुलकारका लागी भौतिक संरचनाहरू निर्माण गर्न यही पौष १३ गते शिलान्यास गरिने भएको छ । चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकाल, जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति समेत रहेका सूर्यबहादुर थापाको समूहले केबुलकार निर्माणको काम सुरु गर्ने भएको हो ।

जालपादेवी केबुलकारको १३ गते शनिवार परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर–३ चिसापानी र मोहन्याल गाउँपालिका वडा नम्बर–७ राजकाडाँ सम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनका लागि संरचनाहरू निर्माणको काम सुरु गरिने भएको हो ।

सञ्चालक सूर्यबहादुर थापाले एक वर्षमा सञ्चालनको योजना अनुसार भौतिक संरचनाहरू निर्माणको काम सुरु गरिने बताए । उनले पुस १३ गते बिहान ११ बजे देखि शिलान्यासको कार्यक्रम सुरु हुने जानकारी गराए । पहिलो चरणको काम सकेको बताउदै उनले निर्माणको काम सुरु गर्ने उनले जानकारी गराए । कम्तिमा ८ महिना बढीमा एक वर्षमा उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी गराए । कैलालीको प्रमुख पर्यटकीय स्थल चिसापानी–राजकाँडा केबुलकार एक वर्ष भित्र सञ्चालनमा आउने उनले बताए ।

कर्णाली चिसापानी र राजकाँडा जोड्ने जालपादेवी केबुलकारका लागी कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको बताईएको छ । जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबार, केबुलकार, मन्दिर, एक हजार व्यक्तिको लागि पार्क, स्टेशनहरू, चमेनागृहहरू, पाँच तारे होटेल, चिसापानीमा एक हजार मान्छेका लागि हल, क्यासिनो लगायतका संरचनाहरू निर्माण सुरु गरिने बताइएको छ ।

केबुलकारको काम सुरुमा हुने र संरचनाहरू निर्माण हुँदै जाने बताइएको छ । चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने बताईएको छ । कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्टामा दिएको बताईएको छ । जाल्पादेवी केबुलकार कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले एक वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताए ।

प्राकृतिक रूपमा निकै सुन्दर राजकाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध रहेको छ । सडक यातायात नपुगेकाले कम्पनीले काम गरीरहेको उनले बताए । कम्पनीले साइकल यात्रीका लागि समेत छुट्टै योजना बनाएको उनले बताए । कम्पनीले तीन दशमलव एक किलोमिटरमा केबुलकार सञ्चालनको तयारी गरेको थापाले जानकारी गराए ।

जाल्पा केवलकार कम्पनीले सात अर्ब केबुलकार सहितका एक पाँच तारे होटेल, एक तीन तारे होटेल, एक सेमिनार हल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्कहरू लगायतका संरचनाहरू निर्माणमा खर्च गर्ने योजना बनाएको थापाले जानकारी गराए । ‘क्यासिनो सहितको पाँच तारे होटेल सहित पार्टी प्यालेस र पार्कहरू निर्माण गर्ने उनले जानकारी गराए ।

चिसापानीमा १३ बिघा जग्गा भएको बताउदै उनले तीन तारे होटेल, पार्टी प्यालेस, स्वीमिङ्ग पुलहरु निर्माण गर्ने बताए । चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट लाग्ने उनले जानकारी गराए । केबुलकारमा भ्रमण गर्ने पर्यटकले २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी गरिएको छ ।

पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ति, दरवार, गुफा व्यवस्थीत गर्ने योजना बनाएको थापाले जानकारी गराए । राजकाडाँमा प्राकृतिक चिकित्सालयको योजना समेत बनाइएको उनले जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग थापाले लगानी साझेदारी गरेको बताए ।

केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने उनले बताए । केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुने उनले बताए । कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धाम लगायतका धार्मिकस्थल, हात्ती ढुङ्गा लगायत पर्यटकीय स्थलको अवलोकन गर्न सकिने उनले बताए ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते