कार्तिक ०८ धनगढी । तिहारका लागी धनगढीमा पर्याप्त सयपत्री फुल उत्पादन गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–६ की सुशीला बिष्टले तिहारका लागी पर्याप्त सयपत्री फुल उत्पादन गरेकी हुन । उनले यस वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लगाएकी छिन । गत वर्षदेखि पुष्पखेती गर्दै आएकी बिष्टले यस वर्ष पाँच किसिमको सयपत्री फूल रोपेको बताउदै पर्याप्त उत्पादन भएको बताईन ।
बिष्टले दशैंदेखि फूल तथा माला बिक्री गर्न थालेको बताईन । डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने बिष्टले बताइन । उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन । यस वर्ष डेढ बिघामा पुष्पखेती गरेको जानकारी गराउदै उनले दशैंदेखि फूल बिक्री गर्न थालेको बताईन ।
तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको उनले बताईन । उनी जस्तै धनगढीका थप १० जना किसानले यस वर्ष पुष्पखेती गरेका छन । धनगढी उप महानगरपालिकाले गत वर्ष २६ जना कसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएकोमा यस वर्ष तालिम लिएका १० जनाले व्यवसायिक पुष्पखेती गरेका हुन ।
किसानले उत्पादन गरेको फूल बिक्री गर्न उपमहानगरले फूल बिक्री केन्द्र खोल्न र यान्त्रिकरणमा अनुदान दिएको छ । कृषि विकास निर्देशनालयले समेत धनगढीका पुष्पखेती गर्ने किसानलाई शित भण्डार निर्माण गर्न सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाले किसानलाई अन्यन्त्र पुष्प पठाउनु पर्ने अवस्थामा भाडामा ५० प्रतिशत अनुदान दिने गरेको बताउदै विष्टले धनगढीमा उत्पादित फूल नेपालगन्ज, पोखरा र काठमाडौं पठाउन किसानहरूलाई सहज भएको बताइन ।
उनले नियमित रुपमा नेपालगन्ज, पोखरा र काठमाडौंबाट माग आउने गरेको बताउदै उपमहानगरको ५० प्रतिशत भाडा सहयोगमा पठाउन सहज भएको बताइन । न्यू बन्डोली नर्सरी कन्सर्न स्थापना गरेर सुशीला बिष्ट र उनका पति शंकर बिष्टले वर्षभरि फूल उत्पादन गर्दै आएका छन । उनीहरूले धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रसमेत व्यवस्थापन गर्दै आएका छन ।
उपभोक्ताबाट माग आएको खण्डमा धनगढीको हकमा घरमै फूल तथा माला पु¥याउने गरेको बिष्टले बताईन । विवाहका लागि विभिन्न प्रकारका माला तयार गर्नुका साथै गाडी, मण्डप र स्टेज सजावटको काम समेत गर्दै आएको उनले बताईन । उनले धनगढीका अन्य किसानले उत्पादन गरेको फूल समेत बिक्री गर्दै आएको बताईन ।
सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत विभिन्न समयमा फूलको माग हुने गरेको बताउदै उनले माग आएमा सम्बन्धित ठाउँमा बस तथा अन्य सवारी सधानबाट पु¥याउने गरेको बताईन । मटियारीमा न्यू बन्डोली नर्सरी कन्सर्न दर्ता गरी पुष्प खेती गर्दै आउको बताउदै उनले यस वर्ष बारीमा कलकतिया, कर्मा ५५५, कर्मा १११, कर्मा पहेलो, सेतो र सुन्तला रङ्गको सयपत्री ढकमक्क फुलेको बताईन ।


