"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको जयपृथ्वी नगरपालिका साक्षर नगरपालीका धोषणा

No data was found

Khabar Raftar

राजन नेपाली । फागुन १४ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका साक्षर नगरपालीका घोषणा गरिएको छ । हेमन्तवाडा,रिठापाटा, कैलास, सुवेडा,चैनपुर र लुयाटा गाउँ बिकास समिति मिलाएर बनेको जयपृथ्वी नगरपालिका क्षेत्रका सबै वडाहरुको अनुगमन गरि साक्षर नगर धोषणा गरिएको हो ।
दुई बर्ष अघि जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा अनुगमन टोली गठन गरी १८ जना सहजकर्ता तोकेर गाउँमा डाँटा संकलन गरिएको नगरपालीकाले जनाएको छ । प्रगतिशील युवा समाज र जयपृथ्वी नगरपालिकाको साँझेदारीमा साक्षरता अभियान चलाएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रका ११ वटै वडामा गएर केही घरधुरीमा अन्तिम अनुगमन गरेर निरक्षरहरुको नामावली संकलन गरिएको
बताईएको छ । पछिल्लो अनुगमनका क्रममा ९५ प्रतिशत भन्दा बढीले लेखपढ गर्न सक्ने अर्थात् साक्षर व्यक्ति पाइएको नगरपालिकाका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए ।

अनुगमनमा घरधुरी, घरको मूली, परिवार सदस्य संख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्ष मुनिको उमेर समूह तथा ६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्ति लगायतको विषयमा सर्वे फारम समेत भरिएको बताइएको छ । सरकारको मापदण्ड अनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था रहेको छ ।

सो मापदण्ड अनुसार जयपृथ्वी नगरपालिकामा साक्षर व्यक्ति ९५ प्रतिशत बढी रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जयपृथ्वी नगरपालिकाका प्राविधिक सहायक देविन्द्र जोशीले बताए ।
उनका अनुसार नगरपालिकाकामा करिब १ हजार ५ सय निरक्षर व्यक्तिहरुको डाटा संकलन भए पछि साक्षरता सहजकर्ताहरु पठाएर दुई बर्ष सम्म नगरपालिकाका वडा तथा टोलहरुमा साक्षरता कार्यक्रम संचालन गरिएको थियो । त्यसपछि नगरपालिका साक्षर घोषणा गरिएको हो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न