"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तस्करीमा सम्लग्नलाई जोगाउने खेलमा कैलाली भन्सार कार्यालय

No data was found

Khabar Raftar

भदौ २० धनगढी । कैलाली भन्सार कार्यालय सुर्ती र बिडी तस्करीमा सम्लग्नलाई जोगाउने खेलमा लागेको पाइएको छ । तस्करीमा सम्लग्न कर्मचारीको विषयमा आधिकारिक रूपमा भन्सार कार्यालयको धारणा सार्वजनिक नहुँदा तस्करी गर्ने कर्मचारी जोगाउने खेलमा लागेको पाइएको हो । कैलाली भन्सार कार्यालयका प्रमुख, प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमाल चार सय ६५ पाकेट सुर्ती र बिडी तस्करी गर्ने कर्मचारीलाई जोगाउन लागि परेको बुझिएको छ ।

तस्करी रोक्ने निकाय आफै तस्करीमा लागेको विषय गत असार १६ गते सार्वजनिक भएको भए पनि घटनाको २ महिना पूरा हुँदा पनि तस्करीमा सम्लग्न भएको आरोप लागेका कर्मचारीको विषयमा भन्सार कार्यालयको धारणा सार्वजनिक हुन सकेको छैन । राजस्व चुहावट र भन्सार छली रोक्न सक्रिय हुनुपर्ने निकाय कैलाली भन्सार कार्यालय आफै तस्करीमा संलग्न रहेको विषय प्रमुख भन्सार अधिकृत हमालले लुकाउन खोजेको पाइएको छ ।

२०८१ असार १५ गते शनिवार भन्सार कार्यालयमा कपडा भित्र लुकाएर सुर्ती तथा बिडी तस्करी हुने गरिएको तथ्य सर्बाजनीक भएको थियो । कैलाली भन्सारले लिलाम गरेका कपडा भित्र सुर्तीजन्य पदार्थ भेटिए पछि भन्सार कार्यालयका कर्मचारीबाटै तस्करी हुने गरेको तथ्य छताछुल्ल भए पनि कैलाली भन्सार कार्यालयका प्रमुख हमालले उक्त विषयमा हालसम्म कुनै प्रतिकृया दिएका छैनन । कर्मचारीमाथिको कारबाहीको प्रक्रियाको विषयमा प्रश्न गर्दा उनले उक्त विषयमा प्रतिक्रिया नदिने बताउदै आएका छन ।

भन्सार स्रोतले भने करार सेवाका कर्मचारीहरू नृप भण्डारी र गोपाल चौधरीलाई उक्त घटनामा निलम्बन गरिएको जानकारी गराएको छ । कार्यालय प्रमुख सहीत अन्य कर्मचारीहरूलाई जोगाइएको बताइृउको छ । कार्यालयका सबै प्रशासनिक कार्यहरू बन्द रहेका बेला शनिवार सुर्तीजन्य बस्तु भन्सारका कर्मचारीहरूले तस्करी गरेका थिए । उनीहरूले धनगढीकै एउटा व्यापारीको फर्मको नाममा चार लाख ४० हजारमा लत्ताकपडा लिलामी सदर गरेका थिए । व्यापारीको फर्मको नाममा ८ वटा मुद्दाका छुट्टाछुट्टै सामानको लिलामी सदर भएको थियो ।

सदर भएका सामानमा सुट, कुर्ती, खेलौना, भाडा, उलन सर्ट लगायतका सामान थिए । व्यापारीले दुईवटा अटोमा सामान लोड गरेर लग्दै गर्दा कैलाली भन्सार कार्यालयको एक सय मिटर उत्तरतर्फ रहेको सशस्त्र प्रहरीले कपडा भित्र लुकाएर सुर्तीजन्य पदार्थ तस्करी भएको तथ्य फेला परेको हो । जाँच टोलीले उक्त कपडा भित्र सुर्तीजन्य पदार्थ फेला पारे पछि भन्सार कार्यालयबाट तस्करी हुने गरेको विषय सार्वजनिक भएको थियो । अटोमा लोड गरिएका कपडा भित्र सुपरपावर सुर्ती २ सय पाकेट, २ सय ६५ पाकेट बिडी र सुइट सुपारी लुकाइएको थियो ।

भन्सार छली गरेर आयात गर्न खोजिएको सुर्तीजन्य पदार्थ नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ । भारत तथा तेस्रो मुलुकबाट सुर्तीजन्य पदार्थ आयात गर्न नपाउने व्यवस्था छ । तर, भन्सार कार्यालयले भने सुर्तीजन्य पदार्थको तस्करी गर्ने गरेको पाइएको हो । सशस्त्र प्रहरीले कपडा भित्र लुकाएर लैजान लागेको अवस्थामा बरामद गरेको सुर्तीजन्य पदार्थको वजार मूल्य करिब ६० हजार रहेको जनाएको छ ।

भारतको पलिया लखिमपुर घर भएका बजरङ्ग ट्रेड एण्ड सप्लायर्सका सञ्चालक विशाल गुप्तालाई नियन्त्रणमा लिईएको थियो । भन्सार कार्यालयले लिलाम गरेको कपडा भित्र सुर्तीजन्य पदार्थ फेला परेको विषयमा कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले हालसम्म कुनै प्रतिक्रिया दिन मानेका छैनन । उनको समेत घटनामा सङ्गलनता रहेको भन्सार स्रोतले दाबी गरेको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न