"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा बजेट पास नहुँदा सेवाग्राहीलाई असर

No data was found

Khabar Raftar

भदौ ०९ धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट पास नहुँदा सेवाग्राहीलाई असर परेको छ । चालु आर्थिक वर्षको बजेट निर्धारित समयमा पास नहुँदा प्रदेश मातहतका कार्यालयमा सेवाग्राहीले जरिबाना तिर्नु पर्ने भएकाले सेवाग्राहीलाई असर परेको हो । बजेट र सम्बन्धित ऐन प्रदेश सभाबाट पारित हुन नसक्दा साउन १ देखि २४ गतेसम्म प्रदेशमा राजस्व संकलन ठप्प भएको थियो । उक्त अवधिभित्र ब्लुबुक, जाँचपास र बाटो इजाजत नवीकरण गराइसक्नु पर्ने सवारीधनीले अहिले सतप्रतिशत जरिबाना तिर्नुपरेकाले सेवाग्राहीलाई असर परेको हो ।

सरकारकै कारण कर तिर्न नपाएको अवधिको जरिबाना तिर्नुपरेको गुनासो सेवाग्राहीले गरेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय विष्णुदत्त खड्काले घरेलु कार्यालयमा पनि अतिक्ति कर तिर्नु परेको गुनासो गरेका छन । सरकारले साउन २४ गते राजस्व संकलन सम्बन्धी अध्यादेश ल्याएर कर संकलन सुचारु गरेकाले कर संकलन बन्द भएको अवधिमा कर तिर्न नसकेका सेवाग्राहीको हकमा अध्यादेशमा उल्लेख नभएकाले ऐन अनुसार जरिबाना लिने गरिएको यातायात व्यवस्था कार्यालय धनगढीले जनाएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले सरकारका कारण जरिबाना तिरेका सेवाग्राहीको जरिबाना फिर्ता गर्ने वा आगामी वर्ष नवीकरण गर्दा समायोजन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले आगामी आर्थिक ऐनमा यो विषयलाई सम्बोधन गरिने बताए । चालू आर्थिक वर्षका लागि बजेट ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेश सरकार विगत एक महिना भन्दा बढी समय देखि उधारोमा चल्दै आएको छ ।

प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा सरकारको खर्च प्रणाली साउन यता ठप्प छ । खर्च गर्न नपाए पछि सरकार उधारोमा चलिरहेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेट पारित हुन नसके पछि चालू आर्थिक वर्ष सुरु भए देखि नै प्रदेशमा बजेट विहीनताको अवस्था सिर्जना भएको छ । नयाँ बनेको सरकारले साउन २४ गते अध्यादेश मार्फत राजस्व संकलन गर्ने बाटो खोले पनि बजेट ल्याउन नसक्दा खर्च गर्न भने पाएको छैन ।

बजेट पारित नभए पछि खर्च गर्न नपाएर प्रदेशमातहतका निकायहरूको सेवा प्रवाहमा असर परिरहेको कर्मचारीहरूले बताएका छन । बजेट पास नहुँदा कर्मचारीले तलब समेत पाउन समस्या भइरहेको छ। असार मसान्तभित्र प्रदेशले बजेट पारित गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि राजनीतिक समीकरण फेरबदल भएर सरकार अल्पमतमा परेपछि बजेटमाथि सदनमा छलफल हुन सकेको थिएन ।

तत्कालीन आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आर्थिक वर्ष २०८१÷८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएका थिए । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट पारित गर्न सकेको थिएन । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश बजेट शून्यताको अवस्थामा गएको हो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न