साउन २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको काम सुरु भएको छ ।
प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि बिहिबार देखि कर सङ्कलनको कार्य सुरु भएको हो ।
बजेट नआउँदा साउन १ गते देखि कर संकलन कार्य रोकिएको थियो । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि उक्त अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरे पछि कर संकलन सुरु भएको हो ।
Post Views: 115


