"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशको बजेट, संघीय सरकारले दिने अनुदानमा निर्भर

No data was found

Khabar Raftar

साउन २१ धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर रहेको छ । संघीय सरकारले दिने चार प्रकारका शिर्षकबाट बजेट निर्माण हुने गरेकाले सुदूरपश्चिम प्रदेशको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर रहेको हो । सुदूरपश्चिमको बजेट झण्डै ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानका आधारमा निर्माण हुने गरेको छ ।

प्रदेश सरकारले ल्याउने बजेटमा आन्तरिक आम्दानीको ५ प्रतिशत मात्र हुने गरेको पाइएको छ । प्रदेशको वार्षिक आन्तरिक आम्दानी २ अर्ब पु¥याउन पनि निकै सकस हुने गरेको छ । नयाँ संविधान अनुसार वित्तीय संघीयता सुरु भएको सात वर्ष बितिसक्दा समेत प्रदेशले अपेक्षित रूपमा क्षमता विकास गर्न सकेको छैन ।

दोस्रो निर्वाचनबाट आएका प्रदेश सभा सदस्यको आधा कार्यकाल पुग्नै लाग्दा समेत संघले उठाएको राजस्वकै भरमा चल्नु पर्ने अवस्था छ । आर्थिक वर्ष २०८०÷८१ मा संघीय सरकारले समानीकरण अनुदानमा ६ अर्ब ३१ करोड ४३ लाख ९२ हजार र शसर्त अनुदान अन्तर्गत चालुतर्फ एक अर्ब ९ करोड ६४ लाख ४१ हजार पाँच सय र पुँजीगततर्फ एक अर्ब ५४ करोड ४७ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

विषेश अनुदानमा चालुतर्फ १० करोड ८७ लाख ५० हजार र पुँजीगततर्फ २९ करोड ६२ लाख ५० हजार पाएको थियो । प्रदेश सरकारले समपुरक अनुदानबाट ४३ करोड ७५ लाख रुपैयाँ पाएको छ । सुदूरपश्चिम सरकारले आफ्नो आन्तरिक आम्दानी बढाउन नसक्दा संघीय सरकारले दिने अनुदानमा निर्भर बन्नु परेको हो ।

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा घरजग्गा रजिस्टेनबाट ३९ करोड १७ लाख १६ हजार तीन सय १८, मूल्य अभिवृद्धि करबाट पाँच अर्ब ४८ करोड नौ लाख ७२ हजार आठ सय ४२, अन्तशुल्कबाट एक अर्ब ८८ करोड ३७ लाख ५८ हजार सात सय ३८, सवारीसाधन करबाट ४० करोड ८२ लाख ७० हजार चार सय ३२, मनोरञ्जन करबाट ९४ हजार पाँच सय, विज्ञापन करबाट १२ लाख ८९ हजार नौ सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ ।

सुदूरपश्चिम सरकारले वन रोयल्टीबाट २ करोड ३६ लाख ७४ हजार ६४, खानी तथा खजिज रोयल्टीबाट ३८ हजार सात सय ५०, विद्युत रोयल्टीबाट ८७ लाख १३ हजार २ सय ५३, दहत्तर बिक्रीबाट ८३ लाख ९५ हजार दुई सय चार, पर्वतारोहण वापतको रोयल्टी ४३ हजार एक सय चार, कृषि उत्पादनको बिक्रीबाट ९१ लाख आठ हजार १९, सरकारी सम्पतिको बिक्रीबाट सात लाख २० हजार सात सय ३७, अन्य बिक्रीबाट चार लाख १५ हजार आठ सय, शिक्षा क्षेत्रको आम्दानी एक लाख ७७ हजार तीन सय, परिक्षा शुल्कबाट चार लाख ५९ हजार एक सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

यसका साथै यातायातबाट २ करोड ६९ लाख ९१ हजार चार सय पाँच, प्रशासनिक सेवाबाट २ करोड एक लाख ६५ हजार तीन सय ६२, व्यवसायी रजिस्टेशन दस्तुरबाट पाँच करोड २ लाख ७७ हजार ६ सय २४, सवारी दर्ता किताबबाट २० करोड ३९ लाख ७८ हजार सात सय ५५, जलस्रोतबाट १३ हजार पाँच सय, वन क्षेत्र अन्यबाट तीन लाख १५ हजार आठ सय, दण्ड जरिवानाबाट एक करोड एक लाख १७ हजार ३६, धरौटीबाट ३८ लाख ४३ हजार पाँच सय ६८, बेरुजुको नौ करोड एक लाख ७० हजार ६४४, निकासा फिर्ताबाट एक करोड २६ लाख ७५ हजार ६ सय सात र अनुदान फिर्ताबाट ९६ लाख २५ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न