"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युक्रेन संकट समाधानका लागि फ्रान्सेली प्रयासः बाइडेनसँग कूटनीतिक वार्ता गर्न पुटिन सहमत

No data was found

Khabar Raftar

ऐजेन्सी । युक्रेन संकट समाधानका लागि कूटनीतिक मार्गलाई प्राथमिकता दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको फ्रान्सले बताएको छ । युक्रेनको पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि शान्ति सम्झौता गर्न तथा युक्रेन संकट समाधानका लागि युद्धको साटो वार्तालाई प्राथमिकता दिन पुटिन सहमत भएको फ्रान्सेली अधिकारीले बताएका हुन् ।
संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । त्यस क्रममा म्याक्रोँ र पुटिनबीच दुई देशका विदेशमन्त्रीबीच चाँडो वार्ताको वातावरण बनाउने सहमति भएको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको पश्चिमा राष्ट्रले बताउँदै आएका छन् । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । यस्तै युक्रेनले पनि आजभोलिमै रुसले आक्रमण थाल्ने सम्भावना नरहेको बताएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले आइतबार पुटिनलाई टेलिफोन गरेर सम्भावित युद्ध टार्ने प्रयास गरेका हुन् । अमेरिकासहितका पश्चिमा राष्ट्रले अन्तिम समयसम्म संकट समाधानका लागि कूटनीतिक मार्ग अपनाउने बताउँदै आएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यस्तै पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोहीको गतिविधि पछिल्ला दिनमा तीव्र बनेको छ । केही दिनयता विद्रोही र युक्रेनी सैनिकबीच भिडन्त भएका छन् । यही परिवेशमा फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछि म्याक्रोँले आइतबार दोस्रोपटक रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए । म्याक्रोँले बाइडेन र पुटिनबीचको वार्ताका लागि प्रस्ताव गरेको फ्रान्सेली राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । रुसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा सो बैठकका लागि सहमति भएको जनाइएको छ । बाइडेन र पुटिन सम्भावित वार्ताको विस्तृत विवरण वा तयारीबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच बिहीबार वार्ता एवं छलफल हुने भएको छ ।आइतबार भएको म्याक्रोँसँगको पहिलो टेलिफोन वार्तामा पुटिनले तनाव बढ्नुमा युक्रेनी सैनिकको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका थिए। तर दोस्रो टेलिफोन संवादको क्रममा पुटिन वार्ताका लागि तयार भएको जनाइएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न