"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर भन्सार कार्यालयमा २० प्रतिशतले राजस्व वृद्धि

No data was found

Khabar Raftar

साउन ०२ कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले राजस्व वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व वृद्धि भएको हो । गत आर्थिक वर्ष ०८०÷८१ मा लक्ष्यको ९१.१५ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ । भन्सार कार्यालय गड्डाचौकीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५९ करोड ६९ लाख सात हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख ७९ हजार राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै नौ प्रतिशतले कम राजस्व संकलन भए पनि त्यस अघिका दुई वर्षको तुलनामा भन्सार राजस्व वृद्धि भएको हो । आर्थिक वर्ष ०७९÷८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९९ लाख नौ हजार अर्थात् ७१.४० प्रतिशत मात्रै राजस्व संकलन भएको    थियो । त्यस अघिको आर्थिक वर्ष ०७८÷७९ मा ५२ करोड ७७ लाख ६० हजार लक्ष्य लिएकोमा ४६ करोड २२ लाख ४३ हजार राजस्व संकलन भएको थियो । यो लक्ष्यको ८८ प्रतिशत भए पनि तुलनात्मक रूपमा लक्ष्य समेत कम थियो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत एवं सूचना अधिकारी तेजबहादुर रावलले स्वयं भन्सार कार्यालयको सक्रियता, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षा निकायको सक्रियताले भन्सार राजस्व वृद्धि भएको बताए । ‘यो खुला सीमा भएको जिल्ला हो, यहा“ भन्सार तिरेर सामान ल्याउनु पर्छ भन्ने कमी    छ । चोरी–तस्करी गरेर ल्याउन खोज्छन्,’ उनले भने । ‘हामीले पनि कडाइ ग¥यौ, साथसाथै सशस्त्र, प्रहरीले समेत तस्करी नियन्त्रणमा सशक्त भूमिका निर्वाह गर्दा भन्सार राजस्व वृद्धि भएको हो उनले भने ।

जिल्लाभरिका खुला नाकाहरूमा कडाइ तथा भन्सार चोरीछलीविरुद्ध प्रहरी र सशस्त्र प्रहरीको सक्रियताले केही आफै भन्सार काट्न आएको र प्रहरीबाट बरामद भएको सामान समेत भन्सार राजस्वमा समावेश भएको उनले बताए । सूचना अधिकारी रावलले भन्सार विभागले अन्दाजका भरमा लक्ष्य तोकिदिने भएकाले कहिलेकाही लक्ष्य भेट्टाउन समस्या हुने गरेको बताए ।

विगतका वर्षहरूमा भन्सारकै कर्मचारी, सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं कर्मचारीस“ग तस्कर समूहको सा“ठगा“ठ एवं सेटिङ हुने गर्दा भन्सार चोरीछली, राजस्व चुहावट हुने गरेको आरोप समेत लाग्दै आएको   थियो । अहिले भन्सार देखि सशस्त्र प्रहरी, प्रहरीले भन्सार चोरीछली तस्करीविरुद्ध कडाइ गरेपछि भन्सार राजस्व वृद्धि भएको उनले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न