असार २५ धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले १ अर्व १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ । मंगलबार नगरको तेह्रौ अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८१÷८२ का लागी नगरपालिकाले १ अर्व १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको हो ।
जसमध्ये चालु तर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगत तर्फ ४० करोड २६ लाख ४० हजार रहेको छ । बजेटको श्रोतमा आन्तरिक आयबाट २४ करोड ५४ लाख ५९ हजार, राजश्व बाँडफाँडबाट १८ करोड ३५ लाख ५१ हजार, समानिकरण अनुदान नेपाल सरकारबाट १८ करोड ३० लाख, समानिकरण अनुदान प्रदेश सरकारबाट १ करोड ७५ लाख ९० हजार, सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ५३ लाख ४१ हजार, सशर्त अनुदान प्रदेशबाट १ करोड १३ लाख ७० हजार, विशेष अनुदान नेपाल सरकारबाट १ करोड १० लाख, विशेष अनुदान प्रदेश सरकारबाट २५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ६८ लाख हुने अनुमान गरिएको छ ।
नगरपालिकाले जेठ २१ गते आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको भए पनि नगरप्रमुख विदेश भ्रमणमा रहेकाले बजेट भने ल्याउन सकेको थिएन । कैलालीका अन्य पालिकाले भने असार १० गते भित्र नीति कार्यक्रम तथा बजेट ल्याएका थिए ।
स्थानीय पालिकाले असार १० भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था भएए पनि लम्कीचुहा नगरपालीकाले ढिलोगरी बजेट ल्याएको हो ।


