"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हराउदै गएको आरन पेशाबाट राम्रो आम्दानी गर्दै,दलित समुदाय

No data was found

Khabar Raftar

जेठ २७ धनगढी । दलित समुदायले गर्दै आएको परम्परागत सीप आरन पेशाबाट कैलालीका दलित समुदायले राम्रो आम्दानी गर्न थालेका   छन् । विभिन्न कारणले आरन व्यवसायी घट्दै गएको अबश्थामा आरन पेशा गरीरहेका दलित समुदायले राम्रो आम्दानी गर्न थालेका हुन् । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–११ बेलाका खेमबहादुर विकले घरायसी प्रयोजनका कृषी औजार मर्मत गरेर दिनमा एक हजार पाँच सय देखि दुई हजार सम्म आम्दानी गर्ने गरेको बताए । कुनै दिन तीन हजार सम्म पनि आम्दानी हुने गरेको बताउदै उनले नयाँ सामान बनाउनसके झनै राम्रै कमाइ हुने बताए ।

पुराना सामाग्री मर्मत गरेर पनि दैनिक एक हजार पाँच सयसम्म बचत हुने गरेको उनले बताए । खेतीपाती गर्न जग्गा जमिन केही नभएको बताउदै उनले अन्य रोजगारी पनि नभएको बताए । सात जनाको परिवार भएको बताउदै उनले छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाएको बताए । नयाँ बनाएको बञ्चरोलाई तीन हजार सम्म, हँसियालाई पाँच सयदेखि एक हजार पाँच सय सम्ममा बिक्री गर्ने गरेको विकले बताए । कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने सीप भएका ४० वर्षीय विकले आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाए मनग्य आम्दानी गर्न सकिने बताए ।

त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर–८ स्याउले बजारका शेरबहादुर तिरुवाले पनि आरन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको   बताए । उनले दैनिक एक हजार पाँच सय देखि दुई हजार सम्म कमाउने गरेको बताए । कुनै दिन तीन हजारसम्म पनि कमाइ हुने गरेको बताउदै उनले खर्च कटाएर दैनिक एक हजार पाँच सयसम्म बचत हने गरेको बताए । उनले सम्पूर्ण घर खर्च यसै आरन पेसाबाट चलाएको बताए । उमेरले ५० वर्षीय तिरुवाले १० जनाको परिवार आरनपेशाबाट पाल्दै आएको बताए ।

अरु आम्दानीको स्रोत केही नभएको बताउदै उनले औजार आधुनिक किसिमका भए आरन पेसाबाट राम्रो आम्दानी लिन सकिने बताए । काम गर्ने औजार पुरानै भएकाले औजारबाट सामान बनाउन मेहनत धेरै लाग्ने गरेको बताउदै उनले औजार आधुनिक किसिमका भए सामान बनाउन सजिलो हुने र आम्दानी पनि बढी लिन सकिने बताए । अरुलाई रोजगारी पनि दिन सकिने बताउदै उनले कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको बताए ।

नयाँ तयार गरिएको एउटा हँसिया एक हजारदेखि एक हजार पाँच सय, खुडा तीन हजारसम्ममा बिक्री हुने गरेको बताए । सोही ठाउँका खडक तिरुवाले पनि आरन व्यवसायबाट दैनिक एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको बताए । मेहनत पनि छ, आम्दानी पनि हुन्छ, मैले कुटो, कोदालो, बञ्चरो, हँसिया लगायत कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको छु, तिरुवाले भने । पाँच जनाको परिवार छ । सबै घरखर्च, छोराछोरीको पढाइलेखाइ यसैबाट धानेको छु ।

आरनकै काम सिकेकाले अरु काम गर्न मन नलाग्ने बताउदै उनले पुरानै शैलीमा काम गरिने भएकाले मेहनत बढी लाग्ने गरेको बताए । व्यवसाय समयानुकूल आधुनिकीकरण हुनसके राम्रै आम्दानी हुने बताउदै उनले आरनमा काम गर्न दुई जना अनिवार्य चाहिने बताए । आधुनिक विद्युतीय औजार भएको भए काम गर्न सहज हुने बताउदै उनले आरनको लागी आवश्यक कोईला पाउन सकस हुने गरेको     बताए ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश