"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एलपीएल –६ ः होलिल्याण्ड र लिटल फ्लावर विजयी

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर– १९ क्रिकेट प्रतियोगिताको चौंथो दिन भएका दुई वटा खेलमा अत्तरियाको होलिल्यान्ड इंगलिश स्कुल र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन् ।
संघीय प्रहरीको खेल मैदानमा भएको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गरी विजयी भएको हो ।
शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो । होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र बिकाश सुनारले समान दुई विकेट लिए । यस अघि टस जितेर ब्याटिंग रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो ।
उसको लागि बिकाश सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए । होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तिन विकेट तथा अवि नारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे । दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित ग¥यो । लिटल फ्लावरले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो । स्टेपिंग स्टोनको ब्याटिंगमा आयुब चन्दले सर्वाधिक ३२ रन तथा बिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनए ।
लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १६२ रन बनाएको थियो ।
लिटल फ्लावरको ब्याटिंगमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए ।
स्टेपिंग स्टोनका बलर बिरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट तथा दिनेश ओडले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे गुरुकुल र सत्यवती एकेडेमी तथा दोश्रो खेलमा दिउँसो १ बाँकी पेज २ मा
बजे सैनिक आवासीय र होलिल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १० वटा विद्यालय टिम सहभागी छन् । सहभागी टिमहरुलाई ‘ए’ र ‘बी’ गरि दुई समुहमा बिभाजन गरिएको छ ।
जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न