शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५-० ले पराजित गरेको छ ।
मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले १/१ गोल गरे । ओलावाले म्यान अफ दि म्याचसमेत भएका छन् । ओलावालेले दुई गोल भने ६ मिनेट थपिएको अतिरिक्त समयमा गरेका थिए ।
जितपछि मनाङ लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।
Post Views: 190


