"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा तीन महिनामा ५८ जनामा डेंगु संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

असोज २३ बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । डेंगु परीक्षणको सुविधा भएका ठाउँका प्रयोगशालामा चेकजाँच गर्दा डेंगु संक्रमितको संख्या बढ्दै गएको हो । साउन यता बैतडीमा अहिले सम्म ५८ जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको स्वाश्थ्यकर्मीहरुले बताएका छन ।

उपचारका लागि स्वास्थ्य संस्थामा आएका बिरामीहरुको चेकजाँच गर्दा उनीहरुमा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी गराए । परीक्षणको पहुँच नभएका धेरै ठाउँ भएकाले समुदायमा डेंगुका बिरामी अझै बढी हुन सक्ने अनुमान गरिएको छ ।

सिगास गाउँपालिकाको गाँजरी स्वासथ्यचौकीले डेंगु परीक्षण अभियान सञ्चालन गर्दा चार दिनको अवधिमा १० जनामा डेंगु संक्रमण भएको पाइएको बताइृउको छ । ज्वरोका बिरामीहरुमा डेंगु परीक्षण गर्दा चार दिनमै १० जनामा संक्रमण पुष्टि भएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामीले बताए ।

उनले अहिले गाउँगाउँमा ज्वरोका बिरामी भएको बताउदै धेरैजसोमा डेंगुको संक्रमण देखिन थालेको बताए । एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने ल्याब टेक्निसियन बडालले बताए । डेंगु परीक्षणका लागि सबै पालिकाहरुमा डेंगु परीक्षण कीट पठाइएकाले ज्वरो आएका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।

साउन यता सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका ३३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ । त्यस्तै सिगास गाउँपालिकाका १३ जनामा, पाटन नगरपालिकाका ५ जनामा, डिलाशैनी गाउँपालिकाका ३ जनामा, पुर्चौंडी नगरपालिकाका ३ जनामा र मेलौली नगरपालिकाका एक जनामा डेंगु संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेङगु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने उनले बताए ।

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । पानी जम्ने खाल्डाखुल्डी पुर्नु पर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न