"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वर्षौंसम्म पनि लिलाम हुन नसकेपछि मोटरसाइकलले भरियो कैलाली भन्सार कार्यालय

No data was found

Khabar Raftar

माघ १८ कैलाली। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ । भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो ।

भन्सार कार्यालयमा अहिले ५ सय भन्दा बढी मोटरसाइकल थन्किएका छन् । कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा आएका मोटरसाइकलको लिलाम प्रक्रियाबाट बिक्री गर्नुपर्ने भए पनि भन्सारले मोटरसाइकलको लिलाम प्रक्रिया सुरु गर्दै आएको बताउँदै आएको छ, तर भन्सारले ती मोटरसाइकल बिक्रीका लागि कुनै पहल गर्न नसकेको गुनासो पटक–पटक आउने गरेको छ ।

कार्यालयका प्रमुख विमलकुमार शाहले मोटरसाइकलको लिलाम प्रक्रिया धेरै लामो र झन्झटिलो रहेको भन्दै त्यसको समाधानका लागि भन्सार कार्यालय गम्भीर रहेको बताए।

‘हामीलाई पनि त्यो मोटरसाइकल लिलाम गर्न सकेको भए एउटा आनन्द हुने थियो । त्यसको प्रक्रिया नै लामो हुने र प्रक्रिया पुर्‍याउँदै कोरोनाको सङ्क्रमणका कारण फेरि शून्यबाट प्रक्रिया सुरु गर्दा लामो समयसम्म मोटरसाइकलको लिलाम हुन नसकेको उनले बताए । अब चालू आर्थिक वर्षभित्रै मोटरसाइकलको लिलाम हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । त्यसैअनुसार काम भइरहेको छ उनले भने ।’

उनले यातायात कार्यालयले मोटरसाइकलको मूल्याङ्कन गरेर मात्रै लिलाम प्रक्रिया पूरा नहुने बताउँदै त्यसभित्र थुप्रै अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताए। दुई वर्षदेखि कोरोना सङ्क्रमणका कारण हुँदै आएको बन्दाबन्दीले पनि मोटरसाइकलको लिलाम प्रक्रियामा असर पारेको भन्सार प्रमुख शाहले बताए ।

‘भन्सार आएको मोटरसाइकलको व्यवस्थापन हुनसकेको छैन । हामी चाहान्छौँ छिट्टै लिलाम होस भन्ने हामी चाहन्छौँ’, शाहले भने, ‘आउने काम मात्रै भएको छ । जाने काम नहुँदा अब व्यवस्थापन गर्न हामीसँग ठाउँ पनि छैन ।’ भन्सार कार्यालयमा आउँदासम्म प्रयोगमै आएका मोटरसाइकल भन्सार कार्यालयभित्र पुगेपछि त्यसका बाहिरी पार्टपूर्जा नै हराउने गरेका छन् ।

कतिपय मोटरसाइकल भारतबाट चोरी गरेर नेपालमा सस्तोमा बिक्री गर्ने र ट्राफिक प्रहरीको फन्दामा परेपछि भन्सार कार्यालयमा जान्छन् । भन्सारका कर्मचारीकै मिलेमतोमा मोटरसाइकलका आवश्यक पार्टपूर्जा गायब हुनेगरेको स्थानीयवासी बताउँछन्। अहिले पनि भन्सारमा पार्किङ गरेर राखेका मोटरसाइकल नचल्ने अवस्थामा छन् । अधिकांशका बाहिरी पार्टपूर्जा छैनन्।

भन्सार प्रमुख शाहले बाहिर राख्दा केही पार्टपूर्जा खिया लागेर काम नलाग्ने भए पनि भन्सारको बदमासीमा पार्टपूर्जा निकाल्ने काम भएको भन्नु गलत भएको बताए । उनले भने, ‘भन्सार बाहिर के हुन्छ त्यो हामीलाई थाहा छैन । कार्यालय परिसरमा क्यामरा जडान गरेका छौँ। ’रासस

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते