"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न

No data was found

Khabar Raftar

साउन २० धनगढी । धनगढीका पुष्प व्यवसायी किसानहरूलाई संगठित गर्दै व्यावसायिक फूलखेतीको विस्तार, उत्पादन वृद्धि, बजारीकरण र रोजगारी सिर्जनालाई थप प्रभावकारी बनाउने उद्देश्य सहित गठन गरिएको धनगढी पुष्प व्यवसायी कृषक समूह धनगढी–८ ले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीको सभाहलमा सम्पन्न प्रथम साधारण सभामा समूहले हालसम्म गरेका गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना सार्वजनिक गर्दै पुष्प व्यवसायी कृषक समूह धनगढी–८ ले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको हो । बलदेवप्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगर पालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजबहादुर ऐर प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर–८ की वडा सदस्य पार्वती गिरी तथा धनगढीका विभिन्न वडाका पुष्प व्यवसायी किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो । समूहका अनुसार २०८१ साल मंसिर २ गते स्थापना भएको यस समूहमा हाल १६ जना सक्रिय सदस्य आबद्ध रहेका छन् ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका पुष्प व्यवसायी किसानलाई एउटै संस्थागत संरचनामा आबद्ध गराई फूल, फूलका बिरुवा तथा मालाको उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले समूह गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले धनगढी उपमहानगरपालिकाले कृषकलाई रोजगारीसँग जोड्ने उद्देश्यले सञ्चालन गरेका कार्यक्रमहरूको प्रशंसा गरेका छन । उनले पुष्प व्यवसायतर्फ किसान, विशेषगरी महिला कृषकको आकर्षण बढेको बताउदै उपमहानगरपालिका र कृषि ज्ञान केन्द्रको सहकार्यबाट कृषकहरूले अनुदान प्राप्त गरी प्रत्यक्ष रोजगारीसँग जोडिन सफल भएको बताए ।

साधारण सभामा प्रस्तुत गतिविधि प्रतिवेदन अनुसार समूहका सदस्यहरूले उत्पादन गरेका फूल, बिरुवा तथा मालाहरू धनगढी उपमहानगरपालिका क्षेत्रसँगै कैलालीका विभिन्न स्थानीय तह तथा देशका अन्य शहरसम्म बिक्री वितरण हुँदै आएको जानकारी गराइएको थियो ।

समूहले स्थापना देखि कृषि विकास निर्देशनालय दिपायल र धनगढी उप महानगर पालिकाबाट तालिम, अनुदान तथा प्राविधिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ । उक्त सहयोगबाट सिँचाइ व्यवस्थापन, व्यवसाय विस्तार, प्रचार प्रसार तथा आवश्यक सामग्री खरिदमा महत्वपूर्ण सहयोग पुगेको समूहको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालीका वडा नम्बर–३ का वडा अध्यक्ष राजबहादुर ऐरले पुष्प खेतीको विस्तारसँगै धनगढीलाई प्लास्टिक रहित नगर बनाउने अभियानमा समेत सकारात्मक योगदान पुगेको बताए । कृषकको आवश्यकता अनुसार मल, बीउ तथा अन्य कृषि सामग्रीको व्यवस्थापनमा उपमहानगरपालिकाले सहजीकरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

साधारण सभामा समूहको आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदन अनुसार कृषि विकास निर्देशनालय दिपायलबाट २६ लाख ७३ हजार ६ सय ६६ रुपैयाँ ९ पैसा, धनगढी उपमहानगरपालिकाबाट १२ लाख २३ हजार ३ सय ६५ रुपैयाँ ९ पैसा तथा सदस्यहरूको २३ लाख ६८ हजार ८ सय ८७ रुपैयाँ ५० पैसा लगानी सहित विभिन्न स्रोतबाट रकम परिचालन गरिएको छ ।

त्यस्तै, समूहको आन्तरिक आयतर्फ सदस्यहरूको प्रवेश शुल्क, नयाँ सदस्यबाट प्राप्त शुल्क तथा मासिक बचत मार्फत समेत रकम संकलन गरिएको उल्लेख गरिएको छ । आवश्यक प्रशासनिक तथा लेखापरीक्षण खर्च कटाए पछि हाल समूहको बैंक मौज्दात र नगद मौज्दात गरी करिब ५ लाख रुपैयाँ भन्दा बढी रकम रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमका सभाध्यक्ष बलदेवप्रसाद भट्टले पुष्प व्यवसायी किसानलाई समय–समयमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन । विगतमा भारतबाट ठूलो परिमाणमा आयात हुने फूल अहिले धनगढीमै उत्पादन भएर स्थानीय माग पूरा हुन थालेको बताउँदै उनले यसले किसानको आय वृद्धि र आत्मनिर्भरतामा टेवा पुगेको बताए ।

साधारण सभामा सहभागी किसानहरूले पुष्प खेतीको क्षेत्र विस्तार, आधुनिक प्रविधिको प्रयोग, सहज बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य सुनिश्चितता तथा सरकारी निकायबाट थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा समूहका पदाधिकारीहरूले धनगढीलाई व्यावसायिक पुष्प उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव शंकरसिंह बिष्टले गरेका थिए ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न