"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै

No data was found

Khabar Raftar

साउन २० बैतडी । दुई सय वर्ष पुरानो ऐतिहासिक बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शिवनाथ गाउँपालिका वडा नम्बर–२ शर्मालीगढीमा निर्माण गरिएको किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

किल्लाको पुनर्निर्माण गर्न चार करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बने पनि बजेट नहुँदा योजनाको फाइल दराजमा थन्किएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर–२,शर्मालीगढीमा रहेको किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल, तरबार र पुराना तोप हराएका छन् ।

किल्ला भित्रको हतियार राख्ने कोत, घेरा पर्खाल जीर्ण बनेर भत्किसकेको छ । किल्लावरिपरि रहेको पानीको तलाउको निसानी मात्रै बाँकी रहेको छ । नेपाल–अङ्ग्रेजसँगको लडाइँमा अमरसिंह थापा लडाइँको मोर्चा समाल्ने कमान्डर थिए । उनकै नामबाट यो किल्लालाई स्थानीयले अमरगढी किल्ला भन्ने गरेका छन् ।

अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएको स्थानीयको भनाइ छ । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्वका हिसाबले डडेलधुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार करोड रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर तीन वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको उनले बताए ।

गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसक्ने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन बुझाए पनि बजेट प्राप्त नभए पछि फाइल दराजमा थन्किएको उनले बताए । समुद्री सतहबाट १ हजार ४ सय ७५ मिटर उचाइमा शर्मालीगढी किल्ला रहेको छ । यो किल्लाबाट डडेलधुरा स्थित अमरगढी किल्ला र भारतको पिथौरागढ सम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

नेपाल एकीकरण मार्ग अन्तर्गत नेपाली सेनाको अगुवाइमा २ सय ६३ मिटर लामो पदमार्ग निर्माण गर्ने प्रयास गरेको भए पनि किल्लाको पुनर्निर्माणका लागि पर्याप्त बजेट नआएको गाउँपालिका अध्यक्ष साउदले बताए । जीर्ण अवस्थामा रहेको शर्मालीगढी किल्लाका ढुङ्गा अहिले छरपस्ट अवस्थामा रहेका छन् ।

किल्ला भित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालबालिकाको खेल्ने ठाउँ बनेको छ । किल्लामा बाँकी रहेका केही ढाल र तरबार डडेल्धुराको अमरगढी किल्लामा सारिए पनि केही तरवार अझै पनि गाउँमा हुन सक्ने स्थानीयले बताएका छन् ।

चारैतिर रानीसल्लाको घना जङ्गलले घेरिएको यो किल्लामा पर्ने जङ्गल क्षेत्र अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न