वर्षायाम सुरु भएस“गै सर्पको टोकाइका घटनाहरु बढ्दै गएका छन । खेतबारीमा काम गर्ने किसान, ग्रामीण बस्तीका बासिन्दा तथा खुला वातावरणमा बस्ने नागरिकहरू विशेष गरी सर्पको टोेकाईको जोखिममा रहेका छन । नेपालमा हरेक वर्ष सयौ मानिसले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन भने हजारौ प्रभावित हुने गरेका छन् । समयमै उपचार नपाउनु,जनचेतनाको अभाव र अन्धविश्वासमा विश्वास गर्ने गरेका कारण समस्याका हुने गरेको छ ।
सर्प वातावरणीय सन्तुलन कायम राख्ने महत्त्वपूर्ण जीव हो । यसले मुसा लगायतका हानिकारक जीव नियन्त्रण गरेर कृषि उत्पादनमा समेत सहयोग पु¥याउ“ छ । त्यसैले सबै सर्पलाई देख्नेबित्तिकै मार्ने प्रवृत्ति उचित होइन । तर विषालु सर्पको जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनु अत्यन्त जरुरी छ । सर्पदंशबाट बच्न घर तथा वरपरको वातावरण सफा राख्ने, झाडी हटाउने, राति बाहिर निस्कँदा टर्चको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा बुट र लामो लुगा लगाउने तथा सुत्दा झुल प्रयोग गर्ने जस्ता उपाय प्रभावकारी हुने भएकाले यस्ता उपाय अपनाउन जरुरी छ ।
यदि कसैलाई सर्पले टोकेको छ भने झारफुक, धामीझाक्री वा घरेलु उपचारमा समय खेर फाल्नु ह“ँदैन । बिरामीलाई शान्त राखी सके सम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु नै जीवन बचाउने सबैभन्दा सही उपाय हो । सरकारले सर्पदंश उपचार सेवा सबै नागरिकको पहु“चमा पु¥याउने, पर्याप्त एन्टिभेनमको व्यवस्था गर्ने तथा स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने दायित्व पूरा गर्नुपर्छ ।
त्यसैगरी विद्यालय, स्थानीय तह, सञ्चार माध्यम र सामाजिक संस्थाहरूले सर्पदंश सम्बन्धी जनचेतना फैलाउन सक्रिय भूमिका निर्बाह गर्न आवश्यक छ । सर्पदंश एउटा गम्भीर तर धेरै हदसम्म रोकथाम गर्न सकिने स्वास्थ्य समस्या हो । सही जानकारी, समयमै उपचार र सबै पक्षको सहकार्यबाट सर्पदंशका कारण हुने मृत्यु तथा अपाङ्गता उल्लेखनीय रूपमा घटाउन सकिन्छ । त्यसैले सर्पको टोकाइबाट बचौ र अरूलाई पनि बचाऔ भन्ने उदेश्यले सबैले काम गर्न जरुरी छ ।

