"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा निर्माणाधीन आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अन्तिम चरणमा

No data was found

Khabar Raftar

साउन १९ धनगढी । कैलालीको धनगढीमा निर्माणधीन आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सकिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २२ हेक्टर जमिनमा केन्द्र निर्माण भइरहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको इन्जिनियर अशोक पाण्डेयले जानकारी गराए ।

डेढ प्रतिशत जति तटबन्धन निर्माण, पाँच प्रतिशत ट्रस लगाउने र फोहोर बोक्ने गाडी खरिद गर्न बाँकी रहेको उनले जानकारी गराए । बाँकी रहेको आठ प्रतिशत काम तीन महिना भित्रै पूरा हुने उनले जानकारी गराए ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निर्माण भईरहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि दुई हजार ६ सय ३ वटा रुख काटिएको थियो । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले करिब ९६ करोड रुपैयाँको लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ ।

२०२४ अप्रिलमा ठेक्का भई फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको थियो । २०२६ अप्रिलसम्म निर्माण समायवधि तोकिए पनि थप कामको भेरिएसन प्रमाणीकरण भएपछि छ महिना म्याद थप गरिएको छ । अक्टोबरसम्म निर्माण समायवधि रहेको इन्जिनियर पाण्डेले बताएका छन । फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगहीन (नकुहिने न बिक्री हुने) गरी तीन तरिकाले फोहोर छुट्याएर व्यवस्थापन गरिने जनाइएको छ ।

दिशाजन्य फोहोरलाई छुट्टै रहेको सक्सेन मेसिनमा व्यवस्थापन गर्ने बताइएको छ । त्यसलाई ३० दिनसम्म त्यहाँ राखेर छुट्टिएको ठोसलाई मलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । दिशाजन्य फोहोर प्रत्येक दिन २८ घनमिटर व्यवस्थापन गर्न सकिने जानकारी गराइएको छ ।

त्यसैगरी उपयोगहीन फोहोरलाई सेलमा व्यवस्थापन गर्दै प्रत्येक दिन निश्चित तह बनाउने र माटोले पुर्ने काम हुने जनाइएको छ । काम नलाग्ने फोहोर व्यवस्थापनका लागि छ वटा सेल निर्माण गरिएको छ । कुहिने, नकुहिने फोहोरमैला व्यवस्थापनबाट निस्केको तरल पदार्थलाई प्रशोधन गर्ने र जलीय जीवलाई असर नगर्ने बनाएर खुटिया नदीमा फाल्ने जनाइएको छ ।

बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र पिएच जाँच गरेर जलीय जीवलाई असर नगर्ने प्रमाणित गरेर मात्रै नदीमा तरल फालिने निर्माण कम्पनीको जिकिर छ ।

तरल प्रशोधनका लागि २८ घनमिटरको पोखरी निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रका कारण दुर्गन्ध नहुने र आसपासका बस्तीलाई कुनै पनि असर नगर्ने जनाइएको छ । पाण्डेयका अनुसार यो फोहोरमैला व्यवस्थापन केन्द्रले ३० वर्षसम्म धान्ने छ ।

३० वर्षसम्म फोहोरमैला व्यवस्थापन गर्दा त्यहाँ अग्लो डाँडा बन्ने जनाइएको छ । त्यसपछि उक्त स्थानमा वृक्षरोपण गरेर पुनः जङ्गल वा चिल्ड्रेन पार्क बनाउन सकिने इन्जिनियर पाण्डेयले बताए । निर्माण कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी तीन वर्षसम्म आफैँले सञ्चालन गरेर मात्रै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न