"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको महाकाली भन्सार कार्यालयमा लक्ष्य भन्दा बढि राजश्व संकलन

No data was found

Khabar Raftar

साउन १९ बैतडी । बैतडीको महाकाली भन्सार कार्यालय जुलाघाटले आयातबाट मात्रै लक्ष्य भन्दा १६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा महाकाली भन्सार कार्यालय जुलाघाटले आयातबाट मात्रै लक्ष्य भन्दा १६ प्रतिशत बढी राजस्व संकलन गरेको हो । महाकाली भन्सार कार्यालयमा निर्यातबाट भने शून्य आम्दानी भएको छ ।

गत आर्थिक वर्षमा ९० लाख ९५ हजार राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले १ करोड ६ लाख १९ हजार ३ सय १९ रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले जानकारी गराएका छन । कार्यालयले संकलन गरेको रकम लक्ष्य भन्दा १६.७६ प्रतिशत बढी भएको उनले बताए ।

भन्सार कार्यालयबाट संकलित सबै रकम आयात वस्तुको भन्सार शुल्क, पैठारी, मूल्य अभिवृद्धिबाट प्राप्त भएको बताउदै उनले निर्यात भने सुन्य भएको जानकारी गराए । भन्सार महसुलबाट २६ लाख ६८ हजार ७ सय ८७ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट २ लाख १२ हजार ५ सय रुपैया, मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १ सय ५५ रुपैयाँ संकलन गरिएको उनले जानकारी गराए ।

त्यसैगरी अन्तशुल्कबाट १ लाख २२ हजार ७ सय ४ र दण्ड जरिवाना धितो लिलामबाट ५४ लाख ६१ हजार १ सय ७३ रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले ९२ लाख राजस्व संकलनको लक्ष्य पाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा भने कार्यालयले पाएको लक्ष्य भन्दा कम राजस्व संकलन गरेको थियो ।

२०८१÷८२ मा १ करोड ५ लाख लक्ष्य रहेकोमा कार्यालयले ७४ प्रतिशत अर्थात ७७ लाख ७० हजार मात्र राजस्व संकलन गरेको थियो । पछिल्लो समय बैतडीको सबै ठाउँमा सडक सञ्जाल विस्तार भएसँगै कैलाली र कञ्चनपुरबाट थोक विक्रेताका गाडीहरु पसलेको गोदामसम्मै सामान पुर्याउन आउन थालेपछि भन्सारबाट आयात घटेको उनले बताए ।

पहिले भन्सार नाकाबाट चुनढुंगा, घिउ र जडीबुटी निर्यात हुने गरे पनि चार वर्षयता यी बस्तुको निर्यात शून्य भएको प्रमुख सिंहले जानकारी गराएका छन ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न