चैत्र १० धनगढी । कैलालीको हुलाकी राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । हुलाकी राजमार्गको स्तरोन्नति भई सक्दा पनि कतीपय क्षेत्रमा सडकबत्ती नहुँदा र दु्रर्त गतीका कारण दुर्घटना बढ्दै गएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का ३३ वर्षीय रुबेन थापामगरले चलाएको ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडीबाट ठक्कर दिदा ज्ेयष्ठ दम्पती सहित एउटा गोरुको मृत्यु भएको छ ।
बुधबार राती कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–५, बैजपुर नजिक हुलाकी राजमार्गमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडीबाट ठक्कर दिदा ज्ेयष्ठ दम्पती कैलारी गाउँपालीका वडा नम्बर–५, पवेराका ६० वर्षीय कलेसु चौधरी र उनकी ७० वर्षीय श्रीमती सीतरानीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले ट्रकको ठक्करबाट श्रीमान श्रीमती दुवै जनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको जानकारी गराउदै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याए पनि बचाउन नसकिएको बताए ।
चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराए । गत फागुन ५ गते पनि इलाका प्रहरी कार्यालय हसुलिया नजिकै हुलाकी राजमार्गमा कैलारी गाउँपालीका वडा नम्बर–७ का वडाध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीको ठक्करले एक जना महिलाको ज्यान गएको थियो ।
नियन्त्रण गुमाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडीले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कैलारी गाउँपालीका वडा नम्बर–५ की ३० वर्षीय इप्सा चौधरीको घटनास्थलमै ज्यान गएको थियो । हुलाकी राजमार्गमा पछिल्लो एक महिना भित्र घटेका यी दुई वटा दुर्घटना प्रतिनिधिमूलक मात्रै हुन् ।
हुलाकी राजमार्गमा सडक दुर्घटना बढ्दो क्रम्मा रहेको छ । दुर्घटनामा थुप्रै जनाले ज्यान गुमाइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को हालसम्म कैलालीमा २ सय ९५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ६५ जनाको मृत्यु भएको छ भने ४ सय ६६ जना घाइते भएका छन् । धेरै जसो दुर्घटना हुलाकी राजमार्गमा भएको बताईएको छ ।


