"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनुषा–१ मा घण्टी चुनाव चिह्नमा हालिएको मत बदर हुने

No data was found

Khabar Raftar

फागुन २० जनकपुर । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेसँगै उक्त क्षेत्रमा घण्टी चुनाव चिह्नमा हालिएको मत बदर हुने भएको छ । मतदान हुन दुई दिन बाँकी रहँदा आयोगले मंगलबार साहको उम्मेदवारी खारेज गरेसँगै उक्त क्षेत्रमा घण्टी चुनाव चिह्नमा हालिएको मत बदर हुने भएको हो ।

आयोगका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पाइए पछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) बमोजिम उनी उम्मेदवार हुन अयोग्य ठहरिएका हुन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा (२०) अनुसार उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार रद्द हुनुको अर्थ उक्त क्षेत्रमा सम्बन्धित दलले उम्मेदवारी नदिएको सरह हुने बताए ।

“उम्मेदवार नभएको चिन्हमा कसैले मत हाल्यो भने त्यो स्वतः बदर हुन्छ,” उनले भने । घण्टी चुनाव चिह्न मतपत्रमा यथावत् रहने भएपनि त्यसमा परेको मत गणना नहुने उनले बताए । सबैभन्दा बढी मत घण्टीमा परेपनि ती मत बदर हुने र दोस्रो बढि मतम पाउने उम्मेदवार विजयी हुने आयोगले जनाएको छ ।

आयोगले मौन अवधिमै उम्मेदवारी खारेज गरेपछि रास्वपा पंक्तिमा भने असन्तोष देखिएको छ । आयोगले भने उजुरी परेपछि छानबिन प्रक्रिया पूरा गरेर निर्णय गरिएको जनाएको छ । निर्णयबारे सम्बन्धित उम्मेदवारलाई पत्रमार्फत जानकारी गराइ सकिएको आयोगले बताएको छ ।

कर्जा सूचना केन्द्रको अभिलेख अनुसार साह २०८० वैशाख देखि कालोसूचीमा रहेका छन् । उनीमाथि चेक बाउन्स र बहुकरोडीय निर्माण आयोजना अलपत्र पारेको आरोप समेत लाग्दै आएको छ । यसअघि एमाले र जनमत पार्टी हुँदै रास्वपामा प्रवेश गरेका साहले प्रवेशकै दिन टिकट पाएका थिए ।

साहको उम्मेदवारी खारेज भएसँगै धनुषा–१ मा अब एमाले, कांग्रेस, नेकपा, राप्रपा र जसपाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको   छ । उक्त क्षेत्रमा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृकाप्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रह्मदेव महतो उम्मेदवार रहेका छन् । रास्वपाका समर्थकले उक्त क्षेत्रमा प्रत्यक्षतर्फ अन्य दलका उम्मेदवार रोज्नुपर्ने वा मत नहाल्ने विकल्प रोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते