प्रतिप मलासी,कार्तिक २६ बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायस्थित स्वास्थ्य चौकीमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।
स्थानीयका अनुसार स्वास्थ्यकर्मीहरूले नियम अनुसार सेवा नदिएको, समयमै उपचारमा उपस्थित नहुने र कार्यालय समयमा पनि चौकी बन्द रहने गुनासो बढेपछि उनीहरूले चौकीमा तालाबन्दी गरेका हुन्।
स्थानीयहरूले भने, “हामी उपचारका लागि आउने तर स्वास्थ्यकर्मी समयमा हुँदैनन्, कतिपय दिन त चौकी नै बन्द रहन्छ ।” उनीहरूले जिम्मेवार निकायले चाँडै सुधारात्मक कदम नचाले आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी पनि दिएका छन्।
Post Views: 54


