असोज ०९ अछाम । जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम शाही बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
समन्वय उप प्रमुख शाहिले प्रचलित नियम कानून र ओहदाको दुरुपयोग गरेको, पदिय दायीत्व कर्तब्य निर्वाह गर्नु पर्नेमा अधिकारको दुरुपयोग गरी जिल्ला समन्वय समितीको प्रमूखको रुपमा उप–प्रमुखले प्रमुखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचय पत्र जारी गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
समन्वय समिती उप–प्रमुख दानमती शाही बमले आफुले नियमानुसार पाउने दैनिक भ्रमण खर्च जिल्ला समन्वय समिति प्रमुखबाट स्विकृत गराउनु पर्नेमा आफै स्विकृत गर्ने गरेको र सदस्यहरुको समेत आफै स्विकृत गर्ने गरेको भन्दै मुद्दा परेको हो ।
त्यसैगरी उपप्रमुख शाहीले अछाम जिल्ला स्थित विभिन्न कार्यालय स्थानीय तहबाट अनुगमन नगरी फर्जि कागजात पेश गरि पदको दुरुपयोग गरि भ्रमण भत्ता लिने गरेको भन्दै अख्तियार मुद्दा परेको हो ।


