भदौ २४ काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि आन्दोलनकारी युवा समेत रहेको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
डा. भट्टराईले संविधान भित्रैबाट अघि बढ्न, आन्दोलनकारी युवाहरूको माग सम्बोधन गर्न र संविधानको अग्रगामी संशोधन गर्नुपर्ने बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली सहित निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गर्न सुझाव दिए ।
उनीहरूले उठाएका मागहरूको सम्बोधन, अहिलेका दुःखद् घटनाहरूको छानबीन, संविधानको अग्रगामी संशोधन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली सहित, निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गरौं उनले भनेका छन ।
Post Views: 47


