"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा साढे दुई वर्षमा चार वटा सरकार ४ जना मुख्यमन्त्री, ३४ जना मन्त्री बने

No data was found

Khabar Raftar

भदौ ०१ धनगढी । सुदूरपश्चिम प्रदेशमा साढे दुई वर्षमा चार वटा सरकार,४ जना मुख्य मन्त्री र ३४ जना मन्त्री बनेका छन् । ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूपश्चिम प्रदेशमा साढे दुई वर्षमा चार वटा सरकार, ४ जना मुख्यमन्त्री, र ३४ जना मन्त्री बनेका हुन । चार वटा सरकारमा मुख्यमन्त्री सहित ३८ जना मन्त्री बनिसकेका छन् । ५३ जना सांसद मध्ये ३२ जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन् ।

No data was found

०७९ पौक्ष २७ मा एमाले नेता राजेन्द्रसिंह रावल एमाले सहित माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए पछि उनी नेतृत्वको सरकार एक महिनामै ढलेको थियो । त्यसपछि २६ माघमा कांग्रेस नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले र माओवादी सहितको गठबन्धन बनेपछि माओवादी फागुन २३ मा सरकारबाट बाहिरिएको थियो । विश्वासको मत पाउने स्थिति नबने पछि मुख्यमन्त्री शाहले ०८१ चैत्र २२ मा राजीनामा दिएका थिए । त्यसपछि ०८२ वैशाख ६ मा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी मन्त्री बनेका थिए ।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि उनी नेतृत्वको सरकार पनि तीन महिनामै ढल्यो । सोडारीले साउनमा राजीनामा दिए पछि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । उनले नौ सदस्यीय मन्त्रिपरिषद् हाँकिरहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले नै राखेकाले जुनसुकै वेला पनि मन्त्री थपिने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशमा सात जना सासद रहेको नागरिक उन्मुक्तिका सबै सांसद मन्त्री बनेका छन् । कैलाश चौधरी र लक्ष्मण किशोर चौधरी त दुईपटक मन्त्री बनेका छन् । यसबिचमा रामेश्वर चौधरी, घनश्याम चौधरी, खुशीराम डगौरा थारू, इन्दिरा गिरी योगी र टीका थापाले मन्त्री हुने अवसर पाइसकेका छन् ।

दोस्रो प्रदेश सभाको पहिलो मुख्यमन्त्री एमालेबाट राजेन्द्रसिंह रावल बनेका थिए । उनी २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले माओवादीबाट खगराज भट्ट र एमालेबाट सन्तोषकुमारी थापा शर्मालाई विना विभागीय मन्त्री बनाएका थिए । तर विश्वासको मत पाउन नसके पछि रावल नेतृत्वको सरकार एक महिनामै ढल्न पुगेको   थियो ।

कमल बहादुर शाह २०७९ माघ २६ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको नेतृत्वमा नरेशबहादुर शाहीः आर्थिक मामिला मन्त्री (एकीकृत समाजवादी), प्रकाश बहादुर देउवाः भौतिक पूर्वाधार विकास मन्त्री काँग्रेस, पृथ्वीबहादुर सिंहः (दुर्घटनामा निधन भएको) आन्तरिक मामिला तथा कानुन मन्त्री (काँग्रेस), शिवराज भट्टः आन्तरिक मामिला तथा कानुन मन्त्री (काँग्रेस), झपटबहादुर साउँदः सामाजिक विकास मन्त्री (माओवादी), रमेशसिंह धामीः उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री (माओवादी) र गीतादेवी मालः माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन ।

त्यसैगरी रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री (नागरिक उन्मुक्ति), कैलाश चौधरीः भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री (नागरिक उन्मुक्ति), लक्ष्मणकिशोर चौधरीः सामाजिक विकास मन्त्री (नागरिक उन्मुक्ति), खुशीराम डगौराथारुः उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री (नागरिक उन्मुक्ति), घनश्याम चौधरीः आर्थिक मामिला मन्त्री (नागरिक उन्मुक्ति) र नागरिक उन्मुक्तिबाटै इन्दिरा गिरी योगीः भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेकी थिइन् ।

तर १४ महिना पछि मुख्यमन्त्री कमलबहादुर नेतृत्वको सरकार ढल्न पुगेको थियो । दीर्घबहादुर सोडारी एकीकृत समाजवादीबाट २०८१ बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको नेतृत्वमा कैलाश चौधरीः भौतिक पूर्वाधार तथा यातायात मन्त्री (नागरिक उन्मुक्ति), टीका थापाः कृषि तथा भूमि सुधार मन्त्री (नागरिक उन्मुक्ति), अक्कलबहादुर रावलः जलस्रोत तथा सहरी विकास मन्त्री (माओवादी), ओमबिक्रम भाटः स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री (माओवादी), लक्ष्मी विकः शिक्षा, युवा तथा खेलकुद मन्त्री (माओवादी) र एमालेबाट बीरबहादुर थापाः वन, वातावरण तथा सहकारी मन्त्री बनेका थिए ।

त्यसैगरी सुरेन्द्रबहादुर पालः आर्थिक मामिला मन्त्री (एमाले), हीरा सार्कीः आन्तरिक मामिला तथा कानुन मन्त्री (एमाले) र एकीकृत समाजवादीबाट माया पन्तः उद्योग, वाणिज्य, पर्यटन तथा सस्कृति मन्त्री बनेकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन भत्किए पछि सोडारी नेतृत्वको सरकार ढल्न पुगेको थियो । त्यसपछि पुनः नेपाली कांग्रेसबाट कमलबहादुर शाह नै पुनः मुख्यमन्त्री बनेका थिए । उनको नेतृत्वमा विषयगत मन्त्रीसहित राज्यमन्त्री समेत बनेका छन् ।

हाल कांग्रेसले मुख्यमन्त्री सहित ३ मन्त्रालय र दुई राज्यमन्त्री, एमालेले ३ मन्त्रालय र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिले लिएको मन्त्रालयबाट मन्त्री बर्खास्त भएपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफै सगं राखेका छन् ।

आर्थिक मामिला कांग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले लिएका छन् । प्रदेश सभाको पहिलो कार्यकालमा भने मुख्यमन्त्री त्रिलोचन भट्टले पाँचवर्षे पूरै अवधि सरकार चलाएका थिए । प्रमुख दलहरूले सत्ता केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेका    थिए ।

केन्द्रको गठबन्धन हेरफेर हुँदा प्रदेशमा पनि सरकार ढाल्ने र बनाउने प्रवृत्ति बढ्यो । सत्तासाझेदार दल मात्र होइन, आफ्नै दलमा पनि गुटगत भाग खोज्न सरकार नै परिवर्तन गर्ने खेल सुरु भयो । दलगत सत्ता सन्तुलनका लागि पनि मन्त्री थप्ने र केही दिनमै हटाउने प्रवृत्ति पनि देखियो । भागबन्डा पु¥याउन संविधानले गरेको व्यवस्था विपरीत पनि मन्त्रीको संख्या थप्ने काम हुदै आएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ