"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनमा चुनौती

No data was found

Khabar Raftar

साउन १४ धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनमा चुनौती थपीएको छ । राजधानी कार्यान्वयनमा राजनीतिक सहमतिको अभाव र कानुनी प्रक्रियाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनमा चुनौती थपीएको हो । दूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले प्रदेशको राजधानी गोदावरीमै यथावत् राख्नुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन् ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको संयोजकत्वमा बोलाईएको सर्वदलीय बैठकमा बोल्दै राज्यमन्त्री बमले हालसम्म राजधानी सार्ने विषयमा प्रदेश सभामा कुनै आधिकारिक प्रस्ताव नआएको बताए । प्रदेशसभामा घोषणा भइसकेको स्थानबाट राजधानी सार्न एक इञ्च पनि अघि बढ्न दुई तिहाइ बहुमत आवश्यक पर्ने उनले बताए ।

त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले मात्र होइन, माओवादी केन्द्र र उन्मुक्ति पार्टीको समर्थन पनि अनिवार्य आवश्येक पर्ने उनले बताए । बमले एमालेका केही सांसदहरूले राजधानी सार्ने पक्षमा आवाज उठाएकाले प्रक्रिया थप जटिल भएको बताए ।

प्रदेश सरकारको राज्यमन्त्रीको हैसियतले प्रतिपक्षको शैलीमा धारणा राख्न कठिनाइ भए पनि कैलाली क्षेत्र नम्बर४ का अन्य सांसदहरूले जनभावनाको प्रतिनिधित्व गर्दै गोदावरीमै राजधानी कायम राख्नुपर्ने आवाज संसदमा उठाइरहेको उनले बताए । जनताका भावना र पार्टीको नीति दुवैलाई सन्तुलनमा राख्दै अघि बढिरहेको बताउदै उनले केन्द्र सरकारले चाहेमा राजधानी घोषणा गरिएको ठाउँमा भोगाधिकार प्राप्त गर्न समय नलाग्ने बताए ।

हालसम्म भोगाधिकार नपाएको बताउदै उनले अदालतको मुद्दा पनि नटुंगिएकाले कार्यान्वयनमा ढिलाइ भएको बताए । राज्यमन्त्री बमले आरोप–प्रत्यारोपमा समय खेर फाल्नुको साटो सबै दल र सरोकारवाला एकजुट भई राजधानी कार्यान्वयनमा देखिएका वास्तविक समस्याको समाधानमा जुट्नुपर्ने आवश्यकता भएको बताए ।

पहिलो प्राथमिकता प्रदेशको समग्र विकास भएको बताउदै राज्य मन्त्री बमले त्यसका लागि सकारात्मक सोच, एकता र स्पष्ट दृष्टिकोण अनिवार्य हुने बताए । छलफलमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले राजधानीको विषयमा सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्नुपर्ने समय आएको बताए ।

केवल गोदावरीको मात्रै विषय नभई समग्र सुदूरपश्चिमको अस्तित्व र स्वाभिमानसँग जोडिएको विषय भएकाले सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा राजधानी कायम राख्नुपर्ने माग गर्दै भएको सर्वदलीय सहमतिलाई स्मरण गराउँदै राजधानी अन्यन्त्र सार्ने प्रयास भयो भने कैलाली क्षेत्र नम्बर ४ का चारजना प्रदेश सांसद, सबै राजनीतिक दल र स्थानीय जनताले एकजुट भई संघर्ष गर्नु पर्ने बताए ।

बैठकमा प्रदेश सांसद तुलसी देवकोटा, सांसद जानकी कुवर, सांसद खेमा विष्ट, पूर्व सांसद कृष्णराज सुवेदी, गौरीगंगा नगरपालिकाका उप मेयर भोज बहादुर बम, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापा, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति ललित रोकाया, एमाले नेता गोकर्ण भट्ट, माओवादी नेता मेघराज भट्ट, माओवादी ईन्चार्ज धर्म कुवर, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, जनमोर्चाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र पत्रकारहरूको सहभागिता रहेको   थियो ।

बैठकले राजधानी गोदावरीमै कायम राख्नुपर्ने सर्वदलीय धारणा सार्वजनिक गर्दै आगामी दिनमा कुनै पनि निर्णय जनभावना विपरीत गरिए संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न