देशमा थुप्रै परिबर्तनहरु भएका छन । ब्याबश्था फेरीएका छन । शासकहरु फेरिएका छन । नेताहरुको अबश्थामा परिबर्तन आएको छ । तर जसले देश र जनताका पक्षमा लडेर मृत्युबरण गरेर देशमा आमुल परिबर्तन ल्याए उनै नेपाली नागरिकहरुको अबश्थामा भने परिबर्तन आउन सकेको छैन । नागरिक तथा राजनीतिक अधिकारको क्षेत्रमा सुधार भए पनि आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको क्षेत्रमा अहिले पनि अपेक्षाकृत सुधार हुन सकेको छैन ।
सविंधानले निशुल्क तथा अनिवार्य शिक्षाको सुनश्चितता गरेको भए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । विभिन्न बहानामा विद्यालयमा शुल्कहरु लिने काम जारी छ । सामुदायिक शिक्षाको गुणस्तर दिन प्रतिदिन घट्दो अवस्थामा छ । किसानहरुले समयमै मल, बिउबिजन पाउन नसकेको अवस्था छ । मुक्त कमैया, मुक्त हलियाहरुको पुुनस्र्थापना हुन नसकेको अवस्था छ ।
विस्तृत शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि सक्रमणकालिन न्यायका सवालहरु सम्बोधन हुन सकेका छैनन । द्धन्द्धपीडितहरुका समस्या समाधान हुन सकेका छैनन । अपाङ्गता भएका व्यक्ति, दलित समुदाय, अल्पसङ्ख्यक समुदाय, तेस्रो लिङ्गिहरु सबैका समस्याहरु उस्तै छन । निर्माण गरिएका अधिकांश भौतिक संरचनाहरु अपाङ्ग मैत्री बन्न सकेका छैनन ।
प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले पनि उपेक्षित उत्पीडित दलित, अपाङ्गता भएकाहरुलाई समेटन सक्दैन । प्राय सरकारमा दलित समुदायको उपश्थिती देखिदैन । देश भित्रै रोजगारी सृजना हुन नसक्दा युवा जनशक्ती भारत तथा खाडीमूलुकहरुमा पलायन हुन बाध्य छ । समग्रमा भन्दा जनताका समस्या उस्तै छन ।
अबश्था उस्तै छ । परिबर्तन नेताको जीवनमा मात्र आएकाले अब अब परिबर्तन जनताको जीवनमा आउन जरुरी छ । नेताहरुको जीवनमा आएको परिबर्तन अब नागरिकको जीवनमा पनि आउन जरुरी छ ।
नागरिकाका सबैखाले समस्या समाधान गरी नेताको होईन, नागरिको अबश्थामा सुधार आउनु पर्छ । सत्ताको लागी मरीहत्ते गरी आफ्नै अबश्थामा परिबर्तन ल्याउने सत्ता सञ्चालकहरुले जनताको अबश्थामा परिबर्तन ल्याउन जरुरी छ । सरकार नागरिकको अबश्थामा परिबर्तन कहिले आउछ ? भन्ने जनताको प्रश्नको उत्तर दिन जनताको जीवनस्तर उकास्ने योजना मार्फत जनताको अबश्थामा परिबर्तन ल्याउन आवश्यक छ ।

