अधिकांस सरकारी कार्यालयहरु विचौलीयाको घेरामा रहेका छन । सेवा लिन आउने सेवाग्राहीहरुलाई काम छिटो गरी दिने प्रलोभनमा दलालहरुले विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो धन्दा चलाई रहेका छन । लामो समय देखि सरकारी कार्यालयहरु दलालहरुको घेराबन्दीमा रहदै आएका छन् । जनताले सर्बसुलभ र छिटो छरितो सेवा पाउन जरुरी छ । तर हरेक काम गर्नु पर्दा जनताले विचौलियाहरुको शरणमा जानु पर्ने बाध्यता छ ।
भन्सार कार्यालय, मालपोत कार्यालय,यातायात कार्यालय र मन्त्रालयहरुमा विचौलीयाहरुको बोलबाला रहेको छ । कार्यालयको मीलीमतोमा दलालहरुले अबैध धन्दा चलाई रहेका छन । सेवाग्राहीबाट कमीशन खाएर काम गराउदै आएका छन । योजना हाली दिने नाम्मा रकम असुल्दै आएका छन । भ्रष्टाचारमा लिप्त कर्मचारीहरु र दलालहरुका कारण सेवाग्रहीले दुख पाउने गरेका छन । भ्रष्टाचार र दलाली रोक्न सर्ब प्रथम जनताले सचेत हुन जरुरी छ ।
सरकारी कर्मचारीहरुले कुनै काम गरे बाफत रकम माग गर्छन भने उनीहरुलाई सबक सिकाउन जरुरी छ । त्यतीमात्र होइन कारबाहीको दायरामा ल्याएर सजायको भागीदार बनाउन जरुरी छ । सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न अरु कसैले नभइ सेवाग्रहीले सक्ने भएकाले जनता सचेत हुन जरुरी छ । विचौलियाहरुलाई पनि जनताले नाङगेझार बनाउन सक्ने भएकाले कुनै कामका लागी रकम नदिई त्यसको प्रतिबाद गर्नुका साथै प्रमाण संकलन गर्न जरुरी छ ।
जनताले प्रमाण संकलन गरी भ्रष्ट कर्मचारी र दलालहरुको लामो समय देखि चल्दै आएको कमाउ धन्दा भ्रष्टाचारको अन्त्य गर्न सकिने भएकाले नागरिक सचेत हुन जरुरी छ । पैसा आउने र स्वार्थपूर्ति हुने भएपछि राजनीतिक नेतृत्वस“ग मिलेर जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने भ्रष्टहरुलाई सवक सिकाउन जरुरी छ । देश र जनताका लागि काम गर्न कर्मचारीलाइ जिम्मेवार बनाउने नागरिकको कर्तब्य पनि भएकाले काम छिटो गर्ने वा अन्य कुनै बहानामा रकम दिने काम बन्द गर्न जरुरी छ ।
भ्रष्टचारविरुद्ध सबैले एकजुट हुन सके सहजै यसको अन्त्य गर्न सकिने भएकाले नागरिक सचेत बन्न जरुरी छ । नेपालमा भ्रष्टाचारीहरु अहिले सम्म सुध्रिएका छैनन । उनीहरुलाई गतीलो कारबाही पनि हुन सकेको छैन । भ्रष्टाचारमा लिप्त जोकोहीलाई पनि कारबाही हुन जरुरी छ । सबै भन्दा पहिले दलालको घेरामा रहेका सरकरी कार्यालयलाई मुक्त बनाउन जरुरी छ । भ्रष्ट नेता कर्मचारी र विचौलीयाहरु सबैलाई कार्बाही गर्न जरुरी छ । सेवाग्रहीलाई सहज रुपमा सेवा प्रदान गर्न जरुरी छ ।

