हरेक बर्ष विपतले जनधनको क्षती गर्दै आएको छ । तर पनि विपतबाट हुने क्षेती कम गर्ने गरी योजनाहरु बनाईएको देखिदैन । प्रकृती प्रकोप अर्थात विपत जतीबेला पनि आउन सक्छ । त्यसैले विपतबाट जोगीन पूर्ब तयारी अपनाउन जरुरी छ । सरकारले हरेक बर्ष विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने गरेको छ । यस विषयमा जनतालाई सचेत बनाउने कार्य पनि गर्दै आएको छ । तर पनि विपतका घटनाहरुमा धन जनको क्षती हुनेक्रम रोकिएको छैन ।
क्षतीलाई कम गर्ने गरी सरकारले समयमै योजना बनाउन जरुरी छ । बाढी, पहिरो र डुवानको समस्याबाट नागरिकलाई बचाउन जरुरी छ । मान्छेकै कारण पहिरो र डुवान हुने गरेको भए पनि खोला नाला मासेर अतिक्रमण गर्ने,जथाभावी बाटो खनेर पहिरोको जोखिम बढाउने कार्य रोक्न सकिएको छैन । यस्ता कार्यहरु प्रति सचेत बन्न जरुरी छ ।
सकेनौ भने विपतले हामीलाई पछ्याई रहने छ । बर्षातको समयमा महत्वपूर्ण कागजातहरु सुरक्षित राखौ । विपत आईहाले पनि त्यसबाट जोगीने र जोगाउने तयारीमा बसौ । बाढी, पहिरो र डुवाबाट प्रभावितहरुको उद्धार र राहातका लागी समेत सम्बन्धित निकाय तयारी अबश्थामा राखौ । विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न समयमै सबै सचेत बनौ । विपद्जन्य घटनाका मुख्य कारणहरु पत्ता लगाएर हुन सक्ने विनाशबाट बच्ने उपाएको विकल्प खोजौ ।
विपद्जन्य घटनाबाट अनाहकमा ज्यान गुमाउने नेपाली नागरिकहरुको संख्या सुन्यमा झार्ने गरी दिर्घकालीन योजना बनाएर अगाडी बढै । संविधानले प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनस्र्थापनाको कामलाई संघ र प्रदेशको साझा अधिकारको सूचीमा राखेको छ । विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकारको सूची रहेको छ ।
त्यसैले सबैभन्दा बढी जिम्मेवार स्थानीय निकाय भएकाले यस्ता पूर्ब तयारीमा जुटन जरुरी छ । हतारमा गरिने कामले परिणाम दिन नसक्ने भएकाले समयमै सचेत भएर लाग्न जरुरी छ । विगतमा जस्तो विपद् पछि मात्र त्यसको रोकथाम, न्यूनीकरण, उद्घार र पुनस्र्थापनामा ध्यान दिने परिपाटीको अन्त्य गरिनु पर्छ ।
पीडितहरुको उद्धार र राहातका लागी दक्ष जनशक्ति साधन–स्रोतको व्यवस्थापन तयारी अबश्थामा राख्न जरुरी छ । हुन सक्ने क्षति न्यूनीकरणका लगी स्थानीय तह र प्रदेश सरकार सचेत हुन जरुरी छ । विपत जतीबेला पनि आउन सक्ने भएकाले विपतको समयमा संयम भएर सर्तकता अपनाउन जरुरी छ ।

