एउटा देउडा गीत छ, नपुगे माईत है लेल्ली घरका चेली घरखा,साईको मेरो भेट हुदैन अब लाग्यो बर्खा, मानु छरेर मुरी फलाउने महिनाका रुपमा असार महिनालाई लिईन्छ । त्यसैले एउटा प्रेमीकाले प्रेमीलाई भनेको गीत हो यो । भनिन्छ कान कोट्याए असार जान्छ । त्यसैले असारमा सबै काम काजमा ब्यस्त हुने भएकाले कसैलाई फुर्सद हुदैन । विशेष गरी किसानलाई फुर्सद हुदैन । सरकारले पनि असार १५ लाई धान दिवसका रुपमा लिएको छ ।
नेताहरु धान दिवसको दिन देखउनैकै लागी खुट्टामा प्लाष्टिक बेरेर भए पनि धान रोप्न जाने गरेका छन । मन्त्रीहरु सरकारमा सहभागी भएका पार्टीका नेताकार्यकर्ताहरुले यस्तै नाटक मञ्चन गर्दै आएका छन अहिले सम्म । साच्चिकै धान दिवस मनाउने हो भने उत्पादनलाई पहिलो प्राथमीकतामा राखेर श्रमसंग जोडीन आवश्यक छ । प्लाष्टिक बेरेर होईन हिलोमा लडीबुडी गरेर निष्ठाकासाथ श्रम गर्न जरुरी छ । किसानहरुका समस्याहरुलाई समाधान गर्न जरुरी छ ।
आधुनिक रुपमा कृषीको विकास गर्न जरुरी छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले अहिले उदाहरणीय कार्य गरेको छ । असार पन्ध्र अर्थात धान दिवसलाई श्रमउत्सवका रुपमा मनाएको छ । पार्टिको केन्द्रीय उत्पादन बिभाग बनाएर सबै नेता कार्यकर्ताहरुलाई श्रममा जोडीन बाध्य बनाएको छ । देशै भरी १ सय ५० विगाहमा धान खेती गरी रहेको छ । यो अनुकरणीय र उदाहरणीय कार्यको सबैले मुक्तकण्ठले प्रशंसा गर्न जरुरी छ ।
प्रशंसा मात्र होईन हामी सबै श्रमसंग जोडीन जरुरी छ । उत्पादनसंग जोडीन जरुरी छ । भएको जमीन बाझो राखेर पर निर्भरतामा बाच्नु पर्ने संस्कारको अन्त्य गरिनु पर्दछ । सकमाजबाद प्राप्तीका लागी पनि उत्पादनले महत्वपूर्ण भूमीका खेल्ने भएकाले श्रमसंग जोडेर जनता र देशलाई आत्म निर्भर बनाउन जरुरी छ ।
श्रममा जेुटेर देशलाई आत्मनिर्भर बनाउन सके विदेशीनु पर्ने अबश्थाको अन्त्य हुने छ । जनताको जीवन स्तर उकास्न, र किसानलाई आत्महत्या गर्न बाध्य बनाउने अबश्थाको अन्त्य गरिनु पर्दछ । समाजबादको भ्रुणको रुपमा उत्पादनको विकास गरी श्रम प्रति जनताको आश्था बढाउन जरुरी छ ।
आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति लिएको नेपाल कम्युनिष्ट पार्टीबाट अन्य पार्टीहरुले पनि सिक्न जरुरी छ । असार १५ अथवा धान दिवसलाई श्रम उत्सवका रुपमा विकास गर्न जरुरी छ ।

