नेपाल सरकारले सुर्ति तथा मदिराजन्य पदार्थहरुको उत्पादन लेवलमा स्वाश्थ्यका लागी हानीकारक छ भनेर लेख्ने ब्याबश्था गरेको छ । यसको अर्थ नागरिक आफ्नो स्वाशथ्य प्रति सचेत होउन भन्ने हो । तर पनि नागरिकले सुर्तीजन्य पदार्थको सेवन गरी रहेका छन । मदिराको सेवन गरी रहेका छन । जसले गर्दा स्वाश्थ्य र सम्पती दुबै कुराको नोक्सान हुदै आएको छ ।
त्यसती मात्रै नभई पारीबारीक सम्बन्ध समेत विग्रदै गएका तमाम उदाहरणहरु छन । मदिराकै कारण कयौका घरबार विग्रीएका छन । रक्सी पीउने र श्रीमतीलाई कुटपीट गर्ने काम अहिले पनि हुँदै आएका छन । त्यसैले यस्ता कार्यले घरबार चत्कीदै गएका छन । असधिकांस सम्बन्ध विच्छेद पारीबारीक कलहका कारण हुदै आएका छन । पारीबारीक कलहको मुख्य कारण मदिरा बन्दै गएको छ । त्यसैले कलह उत्पन्न गर्ने गराउने पदार्थलाई हामीले त्याग्न जरुरी छ ।
स्वाश्थ्यलाई पनि फाईदा नहुने र परिवारको पनि सम्बन्ध विग्रने पदार्थ सेवन नगरेकै जाती । त्यसैले सरकारले पनि यसमा कडाई गरेको छ । प्रचार प्रसारमा रोक लगाएको छ । सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन, प्रचार, प्रसार गर्न रोक लगाएको छ । यसको सेवनले हुने हानीका विषयमा समेत सन्दैश दिने गरेको छ । सुर्तीजन्य तथा मदिराजन्य पदार्थले मानव स्वाश्थ्यमा गम्भिर असर पु¥याउने भएकाले सरकारले कडाई गर्नु स्वभाविक हो ।
तर जती गर्नु पर्ने हो अझै हुन सकेको छैन । स्थानीय तहले पनि सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा कडाई गर्न जरुरी छ । सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सेवामा कमी ल्याउने कार्यक्रमहरु बनाउन जरुरी छ । स्थानीय तहहरुको वेवास्थाका कारण खुले आम अबध मदिरा विक्री वितरण हुदै आएका छन । सुर्तीजन्य पदार्थको खुलेआम विक्री वितरण हुदै आएको छ ।
मदिराको गैरकानुनी उत्पादन तथा बिक्री–वितरणले महिला हिंसालाई प्रश्रय दिएकाले सर्वाेच्च अदालतले मदिराजन्य तथा सुर्तिजन्य पदार्थको प्रचार प्रसारमा रोक लगाएको लामो समय वित्दा पनि समस्या अझै समाधान हुन नसकेको अबश्था छ ।
मदिराको गैरकानुनी उत्पादन तथा बिक्री–वितरणबाट बढ्दै गएको लैंगिक हिंसा तथा मदिराको विज्ञापन मार्फत महिलालाई भोग्य वस्तुको रुपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको अबश्थामा यसको रोकथामका लागी सबैले सहकार्य गर्न आवश्यक छ । लैंगिक तथा घरेलु हिंसा रोकथाम तथा अन्त्यका लागि उक्त कार्य गरिएको भए पनि स्थानीय तहहरुको वेवास्ताका कारण निर्णय कार्यान्वयन हुन समस्या भएको छ ।
जनताको हितका लागि गरिएको कार्यमा सबेैको साथ सहयोग र सहकार्य हुन जरुरी छ । मदिराजन्य पदार्थ सेवनमा कमी ल्याउन जरुरी छ । सुर्ती तथा मदिराजन्य पदार्थको सेवन नगरौ भन्ने चेतनाको विकासगरी स्वाश्थ्य र समाजलाई स्वश्थ राख्न सबैले भूमीका निर्बाह गर्न जरुरी छ ।

