हरेक बर्ष देशमा बाढी र पहिरोले मान्छेहरुको ज्यान जाने गरेको छ । सुदूरपश्मि प्रदेश पनि यसबाट अछूतो रहन सकेको छैन ।
यस बर्ष पनि बाढी पहिरोका कारण सुदूरपश्मि प्रदेशमा कसैले ज्यान नगुमाउलान भन्न नसकिने अबश्था छ । बाढी पहिरोका कारण हरेक बर्ष ज्यान गुमाउनु परेको अबश्था छ । पहिरोले घर पुरिएका घटना छन । घरले पुरीएर मृत्यु भएका छन ।
राति सुतिरहेकै अवस्थामा घरमाथिबाट पहिरो आएर मरीने होकी भन्ने चिन्ता अहिले पनि छ । सरकार समयमै यस्ता विषयमा गम्भिर हुन जरुरी छ । उद्धार कार्यका लागी तयारी अबश्थामा रहनु जरुरी छ । नेपाली सेना शसशत्र सबैलाई तयारी अबश्थामा राख्न जरुरी छ ।
त्यती मात्र होईन त्रिपाल र खाद्य सामाग्रीको पनि ब्याबश्था समयमै गरि राख्न आवश्यक छ । खासगरी नदी किनाराका बस्तीहरुमा विशेष सचेतना जगाउन जरुरी छ । बाढीले क्षेती पु¥याउने सम्भावित क्षेत्रमा उद्धा टोली तयारी अबश्थामा राख्न जरुरी छ । तराईमा ाबढी र पहाडी जिल्लाहरुमा पहिरोको जोखिम हुने भएकाले त्यस्ता क्षेत्रहरुको समयमै पहिचान गरी सर्तकता अपनाउन जरुरी छ ।
बाढी आउनु पूर्ब नै आफना महत्वपूर्ण सामानहरु सुरीक्षित राख्ने बाताबरण बनाउन जरुरी छ । भिरपाखा र खोला नजिकै रहेका बस्तीहरुलाई पहिरोले बगाउने गरेकाले त्यसता बस्तिहरुलाई उचित स्थानमा सार्न आवश्यक छ ।
यस्ता बस्तिहरुको अध्ययन अनुसंन्धान गरी सुरक्षित स्थानमा स्थानतरण गर्न आवश्यक छ । बाढी पहिरोको चपेटामा परि ज्यान गुमाउनेहरुको संख्या कम गर्न समयमै आवश्यक तयारी गर्न जरुरी छ ।
योजजा बनाएर जोखिम युक्त बस्तीलाई सुरक्षित स्थानमा सारी हरेक बर्ष हुने मानवीय क्षति कम गर्न आवश्यक छ । नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले सरकारले जनताको जीउधनको सुरक्षाको ग्यारेन्टी गर्न जरुरी छ ।

