स्वाश्थ्य छ त सबै कुरा छ । स्वाश्थ्य नै छैन भने बाकी सबै कुरा भएर पनि केही अर्थ हुदैन । त्यसैले स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखिनु पर्छ । नागरिकको स्वाश्थ्य स्वश्थ रहोस भनेर सरकारले सोच्न जरुरी छ । स्वाश्थ्य उपचारलाई सहज बनाउनु पर्छ । कसैले उपचार नपाएर ज्यान गुमाउनु नपरोस भन्ने एदेश्यका साथ सरकारले स्वाश्थ्यमा लगानी बढाउन जरुरी छ ।
नेपाली नागरिकको स्वास्थ्य अवस्थालाई मजबुत बनाउने दायित्व राज्यको भएकाले सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुका साथै सबैको पहुचमा ल्याउन जरुरी छ । विरामी पर्दा नेताहरुले विदेशका अस्पतालहरुमा उपचार गर्ने र नागरिकहरुले विरामी पर्दा सिटामोल समेत नपाउने अबश्थाको अन्त्य गरिनु पर्छ ।
आम नागरिकको स्वस्थ भएर बाच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न राज्य प्रतिबद्ध हुन जरुरी छ । नागरिकको स्वास्थ्य सेवाप्रति ध्यान दिदै स्वास्थ्य सुधारका हरेक काम योजनाबद्ध तरीकाले गरिनु पर्दछ । जस्तो सुकै अबश्थामा स्वाश्थ्यलाई पहिलो प्राथमीकता दिन जरुरी छ । स्वाश्थ्य क्षेत्रमा प्रयाप्त बजेटको ब्याबश्था गरी नागरिकलाई उपचारमा सहज बनाउन जरुरी छ ।
जनस्वास्थ्य क्षेत्रमा हुदै आएका विक्रितीहरुको अन्त्य गर्दै स्वाश्थ्य सेवालाई प्रभाकारी बनाउन जरुरी छ । दीर्घकालीन योजना बनाई नीति–नियम अनुरुप काम गर्न जरुरी छ । समयको सही सदुपयोग गरी नागरिकको स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जान जरुरी छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि अस्पतालहरुमा सस्तो र सुलभ सेवा प्रदान गरिनु आवश्यक छ । स्वास्थ्य सेवा गाउ देखि शहरसम्म विस्तार गरी नागरिकलाई प्रभावकारी स्वाश्थ्य सेवा उपलब्ध गराउन जरुरी छ । स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखेर सरकारले काम गर्नुका साथै स्वाश्थ्यमा लगानीसंगै सुधार गर्न जरुरी छ । आम नागरिकको स्वास्थ्य प्रति सचेत बनेर सरकारले सबै कुराको ब्याबश्थापन गर्न जरुरी छ ।

