पत्रकारितालाई राज्यको चौथो अङग त्यसै भनिएको होईन । जनता प्रति राज्यलाई जिम्मेवार बनाई सुशासन र कर्तबय निष्ट बनाउन भूमीका खेल्ने भएकाले चौथो अङगका रुपमा परिभाषीत गरिएको हो । यद्यपी कानुनी रुपमा यसलाई कुनै पनि मान्यता नदिईएको भए पनि पत्रकारीताले खेल्नु पर्ने भूमीका महत्वपूर्ण हुने भएकाले यसो भनिएको हुनु पर्छ ।
नागरिकका समस्या,समाजका विकृति, विसंगति, कुप्रथा, अन्याय, अत्याचार, र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै जनतालाई सुशुचित गर्ने काम पनि पत्रकारीताले गर्ने भएकाले पत्रकार जिम्मेवार हुन जरुर िछ । सरकारले गरेको काम नागरिकसम्म पु¥याउने र नागरिकका समस्या, अप्ठेरा र गुनासाहरूलाई सरकारसम्म पु¥याउने काम पनि पत्रकारिता भएकाले पत्रकारिताको मर्म र भावनालाई बुझेर पकारीता गर्न जरुरी छ ।
विडम्बना कतीपय पत्रकारका कारण पत्रकारीता जगत गन्हाउदै गएको छ । पत्रकार आचार सहिता र पत्रकरले निभाउनु पर्ने मर्म र भावना विपरित कार्यहरु हुदै आएका छन । यस्ता कार्यहरुलाई बन्देज लगाउन जरुरी छ । पत्रकारिताको दायरा विस्तार हुँदै गएको भए पनि विश्वसनियता भने घटदै गवएको छ । त्यसैले विश्वश्नियता कायम गर्न पत्रकारीता जगतको फोहर सफा गर्न जरुरी छ ।
पत्रकारले पनि आफ्नो पेशागत धर्म भुल्नु हुदैन भन्ने कुराको बोध गराउन जरुरी छ । घटनाको गहन अध्ययन र अनुसन्धान पछि मात्र आधिकारिक जानकारी नागरिक समक्ष पु¥याउने गरी पत्रकारीता गर्न आवश्यक छ । भ्युज बढाउने नाम्मा समाचारलाई तोडमोड तथ्यहिन समाचारहरु सम्प्रेषण गरिनुले पत्रकारीता माथीको जन विश्वास गुम्दै गएकाले त्यस प्रति सचेत हुन जरुरी छ ।
पत्रकारीता देश र जनताका पक्षमा हुन जरुरी छ । क्षणिक लाभ, श्रणिक खुसी, क्षणिक आत्मा सन्तुष्टिका लागि कसैको, इज्जत, प्रतिष्ठा, तथा जिउज्यानमा खत्रा पुग्ने र खेलबाड हुने समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मर्म र भावना विपरित भएकाले पत्रकारले पत्रकारीताको धर्ममा रही पत्रकारीता गर्न आवश्यक छ ।
ब्याक्तिगत ईष्र्या र राजनीतिक प्रतिशोधले पत्रकारितालाई धमीलो बनाउने कार्य हुदै आएका छन । यस्ता निन्दनिय कार्यहरु हुदै आएकाले जनविश्वास पनि घट्दै गइरहेको छ । नातावाद,कृपावाद,धनको प्रलोभन र पदको लाभ र आशामा पत्रकार फस्नु हुदैन ।
पत्रकारिता पेशालाई बदनाम होईन मर्यादित बनाउन सबै भन्दा पहिले पत्रकार जीम्मेवार बन्न जरुरी छ । पत्रकार र पत्रकारिताबाट नागरिक समाजले गरेको आशा र भरोषालाई कायम राख्ने गरी पत्रकारीता गरिनु पर्दछ । जनमुखि पत्रकारीताको आवश्यकता खड्किदै गएको अबश्थामा जनताको आशा भरोषालाई कायम राख्दै जनपक्षिय पकारीता गर्न जरुरी छ ।

