कुनै समयमा आत्मनिर्भर नेपाल अहिले परनिर्भर बन्दै गएको छ । उद्योग कल कारखाना निजीकरण र धरासायी भएका कारण नेपाल परनिर्भर बन्दै गएको हो । त्यती मात्र होईन हामी पनि परनिर्भर बन्दै गएका छौ । कृषी उत्पादनमा नलागेर किनेर खाने बानी परेकाले हामी परनिर्भर बन्दै आएका छौ ।
आत्म निर्भर बन्न नसकेर होईन नचाहेर हामीले पर निर्भर बन्नु परेको अबश्था छ । नुन देखि सुन सम्म हामीले अर्कैको किन्नु पर्ने अबश्था छ । किन्ने मात्र बेच्ने केही नभए पछि हामी मागेर खाने भएका छौ । अझै हाम्रा देशका नेताहरु लाजै नमानी सबै संग मागेर खाने भाषण गर्दै आएका छन ।
नेताहरुका यस्तै मगन्ते सोचका कारण नेपालले अहिले आर्थिक संकट झेल्नु पर्ने अबश्थाको संकेत देखाई सकेको छ । अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पु¥याउने उद्योगहरु एक पछि अर्को बन्द गर्दै आएको सरकारले नेपाली नागरिकलाई बैदेशिक श्रmृणको भारी बोकाउने काम बाहेक केही गर्न सकेको छैन ।
आफ्ना नेता कार्यकर्ताहरुको ब्याबश्थापनमै देशको ढुक्टी सक्ने काममा नेताहरु लागीपरेका छन । पञ्चायत कालीन सरकारले उद्योगहरूको स्थापना गरी आत्मनिर्भर बन्दै गएको देशलाई उद्योगहरु बन्द गरेर नीजिकरण गरेर परनिर्भर बनाएका बर्तमान संसदीय ब्याबश्थाका राजनैतीक दलहरु अहिले पनि देशलाई दाउमा राखेर भए पनि कसरी स्वार्थ सिद्ध गर्ने भनेर लागेका छन ।
उद्योगलाई टिकाउन राज्यले नचाहनुको एउटै कारण विदेशबाट आयता गरेर कमीशन पाउनु नै हो । उद्योग सञ्चालन गरेर देशलाई आत्मनिर्भर बनाउने विचार कसैको पलाउन नसक्नु देशकै लागी दुर्भाग्य हो । उद्योग सञ्चालन गर्न सके वार्षिक आम्दानी हुने र नेपाली युवा शक्ति नेपालमै रहने भएकाले उद्योग कलकारखाना सञ्चालन गर्न जरुरी छ ।
होईन भने देशले थप आर्थिक संकट व्यहोर्नु पर्ने छ । समयमै सचेत हुन जरुरी छ । उद्योग स्थापना गरी, अर्थतन्त्रलाई बलीयो बनाउन जरुरी छ । त्यसैले उद्योग स्थापनामा ध्यान दिन जरुरी छ । अर्थतन्त्रलाई कसरी बलीयो बनाउने भन्ने विषयमा गम्भिर बनेर आत्म निर्भर बन्न जरुरी छ ।

