"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा ब्यापार गर्न आएको कम्पनीले २ सय बर्ष राज ग¥र्यो, नेपाल त्यही स्थानमा छ ः विप्लव

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतमा ब्यापार गर्न आएको कम्पनीले २ सय बर्ष राज गरेको बताउदै नेपाल पनि त्यही स्थानमा भएको बताए । शुक्रबार कैलालीको रतिपुरमा आयोजना गरेको ’किसानसङ्ग विप्लव कार्यक्रम्मा सम्बोधन गर्दै महासचिव विप्लवले भारतमा ब्यापार गर्न आएको ईष्ट ईण्डीया कम्पनीले २ सय बर्ष राज गरेको बताउदै नेपालमा पनि त्यही स्थानमा भएको बताएका हुन ।

कहिले एमसिसिको नाम्मा,कहिले अरु कुनै बहानामा नेपाल आएर विदेशीले नेपालमा प्रभुत्व जमाउन खोजेको बताउदै उनले नेताहरुका कारण देशको राजनैतिक अबश्था खस्कदै गएको बताए । पैसा मागेको मागेई गर्ने नेताहरुका कारण देश डुब्न लागेको बताउदै उनले यस्तो स्ंस्कृतीको अन्त्य गरिनु पर्ने बताए । सन्सार परिबर्तन गर्न माग्ने मात्र नभई दिन सक्ने हैसियत पनि बनाउनु पर्ने बताउदै उनले सबै थोक बाहिरबाट ल्याएर खाने कुराको अन्त्य गरिनु पर्ने बताए । देश आर्थिक हिसाबले परनिर्भर र बिदेशी रिण अनुदानमा चलेको बताउदै उनले राजनीतिक दलहरूले आफ्नो व्यक्तिगत स्वार्थमा देशको दीर्घकालीन हितसङ्ग सम्झौता गरेको बताए ।

नेकपा सुदूरपश्चिम उत्पादन बिभागद्वारा आयोजीत कार्यक्रममा बोल्दै महासचिव विप्लवले शिक्षा, स्वास्थ्य बाटोघाटो लगायत बिकासका केहि कुराहरूमा सुधार भए पनि कृषि लगायत केहि कुरामा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको बताए । देशको राजनीतिक बिकृति र दलालीका कारण जनताले पाएको दुखलाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन र व्यापारतिर लाग्नुपर्ने बेला आएको बताउदै उनले नेता मेहनेती हुनुका साथै श्रमसंग जोडीनु पर्ने बताए । श्रम देखि भाग्ने मान्छेले देश बनाउन नसक्ने बताउदै महासचिव विप्लवले सामान्य जीवन जीउन आफै उत्पादन गर्नु पर्ने बताए ।

कस्ले बढी काम गर्छ भन्ने प्रतिष्पर्धा गरेर उत्पादन बढाएर देशलाई आत्म निर्भर बनाउनु पर्ने उनले बताए । तराईको जमीनमा मात्र कृषी गरे ७ करोड जनसंख्यालाई खान पुग्ने बताउदै उनले नेताहरुका कारण अहिले ३ करोड जनसंख्यालाई पनि खान नपुगेर बाहीरबाट आयात गर्नु पर्ने बाध्यता रहेको बताए । गर्मीमा काम गर्न सक्ने शक्ति नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता र चौधरी समुदाय मात्र भएको बताउदै उनले सबैले उत्पादनमा जोडीएर आत्मनिर्भर बन्नु पर्ने बताए । देशमा सबै भन्दा राम्रो रतिपुर उत्पादन केन्द्रले गरेको बताउदै महासचिव विप्लवले त्यसपछि चितवन उत्पादन केन्द्रले राम्रो काम गरेको बताए ।

गत बर्ष रतीपुर उत्पादन केन्द्रले ८ लाखको तर्भुजा बेचेको बताउदै उनले यती ठुलो रकम्मा तर्भुजा बेच्ने रतीप्र पहिलो भएको बताए । आफ्नालाइ संरक्षण गर्ने अरुलाइ लखेटने काम सरकारबाट हुदै आएको बताउदै महासचिव विप्लवले यस्तो रजनैतिक ेबेईमानी कसैले गर्नु नहुने बताए । नेपाल कम्युनिष्ट पार्टीले नेपालको राजनैतिक बाटो परिबर्तन गर्ने सोच बनाएको बताउदै महासचिव विप्लवले भोटको लागी नभई नेपाली जनता र देशका लागि एक पटक सबैले साथ दिनु पर्ने बताए । पार्टीलाई क्रमश चन्दाबाट मुक्त गर्ने उदेश्यले उत्पादनमा जोडीएको बताउदै उनले त्यस अनुसार उत्पादन सम्बन्धि नीति बनाएको बताए ।

घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा देशको कृषि प्रणाली, स्थानीय किसानका समस्या र कृषि क्षेत्रलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरेको किसानसङ्ग विप्लव कार्यक्रमका सहभागी किसानहरुले आफ्ना अनुभव , भोगाइ र राज्यको गलत नीतिका कारण जनताले दुख पाइरहेको अबश्थाका बारेमो धारणा राखेका थिए । युवा किसान राजेश चौधरीले आफूले उत्पादन गरेको कृषि उत्पादनको आफैले मूल्य निर्धारण गर्न नपाएको गुनासो गर्दै व्यापारीले किसानले उत्पादन गरेको बस्तुको मूल्य निर्धारण गर्ने स्थिति रहेको बताए ।

उनले किसानले मल बिउको सुबिधा नपाएको बताउदै पहुँचको आधारमा मल पाउने गरेको गुनासो सुनाए । त्यसैगरी अकौ किसान गगनसिंह बटालाले अहिले सम्म विभिन्न पार्टीहरु भोट माग्न आएको बताउदै किसानका लागि कृषि क्रान्ति गर्नुपर्छ भनेर बिप्लव आएकोमा खुशी लागेको बताए । उनले कृषि प्रधान देश भनिएको भए पनि किसानले समयमा सिचाइ बिउ, मल र बिषादी जस्ता कुराहरू नपाएको बताउदै कृषि क्रान्तिको बाटो लिने पार्टी र नेतालाई साथ सहयोग गर्ने बताए ।

तुलसीपुर सामुदायिक वनका अध्यक्ष एव कृषक गोरख बहादुर सिंहले किसानको हक, हित र व्यवसायको लागि नेपाल कम्युनिस्ट पार्टीले कृषि कर्म गरेकोले यसप्रति सम्मान र साथ रहने बताए । कृषक खडक बहादुर बुढाले देशलाई कृषि प्रधान भन्ने गरिएको भए पनि जनताको दैनिक जीवन आयातित कृषि वस्तुमा परनिर्भर हुँदै गएको बताउदै समस्यालाई राज्यले ठोस नीति बनाएर सम्बोधन गर्न नसकेको बताए ।

सबैले कृषिको कुरा मात्रै गरेको बताउदै उनले नेकपाले कृषिलाई व्यबहारमा कार्यान्वयन गरिरहेको बताए । अनुदानको नाममा भ्रष्टाचार र कमिशनको जालोबाट समाजलाई मुक्त गर्नुपर्ने उनले बताए । त्यसैगरी दिगो बहुउद्देश्यीय सहकारी संस्थाका पुष्कलबहादुर वमले जसले कृषि गर्दैन , जसले पशुपालन गर्दैन उसैले अनुदान पाउने गरेको बताए । शिक्षक एवम् किसान मानबहादुर रावलले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको रतिपुर कृषि उत्पादन केन्द्रको कामबाट स्थानीय किसानहरु उत्प्रेरित भएर कृषि काममा लाग्न थालेको बताए ।

मुख्य समस्या बजारीकरण भएको बताउदै उनले कृषि उत्पादनले उचित मूल्य नपाउने,समयमा मूल्य नपाउने जस्ता समस्याहरुले किसानहरु आजित हुने गरेको बताए । रतिपुर क्षेत्रमा निम्न र सिमान्त किसानको बाहुल्यता भएको बताउदै उनले उनिहरुको अभाव र सिमालाई समेत बिचार गरि कृषि काममा प्रेरित गर्नुपर्ने बताए । कार्यक्रममा रतिपुर उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह)ले पछिल्लो दुई बर्षमा स्थानीय जनताको श्रम बापत १३ लाख रुपैया प्रबाह गरेको बताउदै यसले उनीहरुको आर्थिक क्षमता वृद्धि बिकासमा सहयोग पु¥याएको बताए ।

किसान महासंघका मानबहादुर चौधरीले बिउ, मल प्रबिधिको अभाव र सहि प्रयोगको कमीको कारण कृषिलाई नाफामा लैजान चुनौती रहेको बताए । भारतबाट आउने कृषिजन्य बस्तुसङ्गको बजार प्रतिस्पर्धाका कारण स्थानीय किसान जोखिममा रहेको बताउदै उनले अब रासायनिक भन्दा पनि जैविक खेतीमा जोड दिनु पर्ने बताए । त्यसैगरी वडा अध्यक्ष हरिचन्द्र शाहले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको कृषि उत्पादनबाट सबैले सिक्नुपर्ने बताउदै रतिपुर उत्पादन केन्द्रले गरेको काम किसानलाई प्रभावित गर्ने खालको भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन बिभागद्वारा आयोजित उक्त कार्यक्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्य विकल्प सी, केन्द्रीय सदस्य समर सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । डबल बहादुर सी भगतसिंहको अध्यक्षता एवम् सञ्चालनमा गरिएको कार्यक्रममा भुवनजङ्ग शाहले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न