चैत्र १५ काठमाण्डौ । राजावादीहरुको जनआन्दोलनका नाममा आयोजना गरिएको कार्यक्रम अराजक बनेको छ । आमसभास्थल काठमाडौंको तीनकुनेमा सभासुरु हुनु अघि नै राजावादीहरु ढुंगामुडामा उत्रिए पछि प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेसँगै राजावादीहरुको भिड अराजक बनेको हो । उनीहरुले आधा दर्जन बढी घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । स्थिीती नियन्त्रण गर्न प्रहरीले गोली समेत चलाएको छ । तीनकुनेबाट तितरवितर भएका राजावादीहरुले विभिन्न स्थानमा तोडफोड र आगजनी सहितका अराजक गतिविधि गरेपछि काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी गरिएको छ ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्को आदेश हुँदासम्म कफ्र्यू जारी रहने बताइएको छ । राजावादीहरुले नेकपा एसको आलोक नगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन् । तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शनले उग्र रुप लिएपछि ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् । तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो ।
स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी उग्र बन्दै आगजनीमा उत्रिएका थिए । यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगल सहित तीन ठाउँमा कफ्र्यु आदेश जारी गरिएको हो । प्रहरी प्रभाग कोटेश्वरमा आगजनीको प्रयास गरिएको थियो । प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गर्न गएका प्रदर्शनकारी जडिबुटीतिर भागेका थिए ।
काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ । तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो । आन्दोलनकारीले प्रहरी बिट लगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन् । तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क आन्दोलनको मैदानबाट अन्यत्र लागेका थिए । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् ।
प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदी सहितका नेताहरु पुग्ने भनिएको थियो । विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा सहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए । उनीहरुले सम्बोधन गर्ने तय भए पनि एकाएक झडप भएसँगै कार्यक्रम बिथोलिएको थियो । संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न फेसबुक मार्फत आह्वान गरेका थिए । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका थिए ।
प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते भएका छन । यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईले भनेका छन । उनले आफू सवार गाडी प्रहरीको घेरा तोड्न प्रयोग गरेका थिए । त्यहीबाट प्रर्दशन झनै उग्र बनेको थियो ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आन्दोलन नरोकिएको उनले बताएका छन । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । ‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने छन्’, मिश्रले लेखेका छन् ।
प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी,लुटपाट,तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर े घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ । राजावादी प्रदर्शनकारीले उक्त क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र कान्तिपुर तथा अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोडफोड,आगजनी र हिंसात्मक घटना गराउने व्यक्तिमात्र नभएर आयोजक र तीनका नेताहरुलाई पनि कारवाहीको दायरमा ल्याइने बताएका छन् । त्यसैगरी राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय युवकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २९ वर्षीय युवकको मृत्यु भएको हो । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी गराए । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको बताइृउको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका उनको साढे ४ बजे अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । त्यसैगरी घरमा आगजनी हुँदा भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ । राजसंस्था पुनस्र्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको हो । एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो ।
एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ । नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए । जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने । एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा रजकले भिडिओ खिच्दै गरेका थिए ।



