"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एकता र मुक्तिका लागी गोलमेच सम्मेलन ः डाः निर्मल विश्वकर्मा

No data was found

Khabar Raftar

चैत्र ०२ धनगढी । प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डाः निर्मल विश्वकर्माले दलित एकता र मुक्तिका लागी गोलमेच सम्मेलन आयोजना गरिएको  बताएका छन । शनिबारसुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजीत गोलमेच सम्मेलन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम्मा बोल्दै डाः निर्मल विश्वकर्माले यस्तो बताएका हुन ।

दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन नसकेको बताउदै उनले पहिलो पटक आयोजना गर्न लागीएको गोलमेच सम्मेलनले नेपालको दलित आन्दोलनमा नयाँ कोर्स सुरु गर्ने बताए । हामी सबै पीडामा छौ, पीडामा मलम लगाउने हो भने दलितका सवालमा हामी सबै एक ठाउमा आउन जरुरी छ उनले भने ।

सत्ता र शक्तिमा नभएकै कारण दलित समुदायले अझै हत्या, हिंसा र जातीय विभेदको शिकार हुनु परेको बताउदै डाः निर्मल विश्वकर्माले गोल मेच सम्मेलन दलित समुदायलाई सत्ता र शक्ति आर्जन गर्ने माध्याम बन्ने बताए । एक पटक सबैले पार्टीगत स्वार्थ भन्दा माथी उठेर सम्पूर्ण दलित समुदायका हितका लागी आवाज बुलन्द गर्नु पर्ने बताउदै उनले शक्ति निर्माण गर्न एकताको आवश्यकता भएको बताए ।

हाम्रा समस्याहरु ज्यूका त्यू छन । दलित समुदाय अरुलाई सत्तामा पु¥याउने भ¥याङ बन्दै गएको छ उनले भने । अब एक पटक दलित समुदाएलाई सत्तामा पु¥याउन जरुरी   छ । शक्ति के हो भनेर देखाउन जरुरी छ । त्यसैगरी साहित्यकार तथा लेखक सरोज दिलु विश्वकर्माले समुदायका आवाजहरुलाई समेटेर गोलमेच सम्मेलनका लागी विषय बस्तु तयार गरिने बताए ।

उनले यसका लागी सबैसंग सहकार्य सहयोग र छलफल सुरु गरिएको बताए । राजनैतिक दलका नेताहरु समुदायका, मन्त्री सांसद र बुद्धीजिवीहरुसंग छल्फल गरिने उनले    बताए । दलित समुदायले भोग्दै आएको पीडाको अन्त्य ऐतीहासिक गोलमेच सम्मेलनबाट गरिने उनले जानकारी गराए । त्यसैगरी राष्ट्रिय दलित गोलमेच सम्मेलनका प्रबक्ता अग्नी शीखाले गोलमेच सम्मेलन सम्बन्धी अन्र्तक्रया कार्यक्रमको सुरुबात सुरुपश्चिम प्रदेशको धनगढीबाट सुरु गरिएको बताए ।

उनले चैत्र ३ गते कर्णाली प्रदेशको सुर्खेत र ४ गते लुम्बीनी प्रदेशको नेपालगञ्जमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनले बैशाखमा काठमाण्डौमा गोलमेच सम्मेलन गर्ने जानकारी गराउदै सबै प्रदेशमा अन्तर््क्रिया गरेर मिति तय गर्ने जानकारी गराए ।

देशभरीका दलित समुदायका अभियन्ताहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले वैशाखमा राष्ट्रिय दलित गोलमेच सम्मेलन गर्ने निर्णय गरेको जानकारी गराउदै गोलमेच सम्मेलनका प्रवक्ता अग्निशिखाले गोलमेच सम्मेलनको आवश्यकता र वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदाय भित्रको विभेद सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रम्मा गोलमेच सम्मेलनले अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यकता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमि, गोलमेच सम्मेलनको व्यवस्थापन, गोलमेच सम्मेलनको विधि र भावी योजना बारे पनि छलफल गरिएको थियो ।

सम्मेलन मार्फत वर्तमान अन्तर्राष्ट्रिय परिवेश, दलित समुदायको पहिचान र इतिहास, दलित समुदायका सन्दर्भमा सामाजिक विभेदको विश्लेषण, राज्य सत्ता, राजनीतिक पार्टी र शासकहरुमा नीति, नियत र व्यवहार विश्लेषण, दलित मुक्तिको दर्शन र सिद्धान्तः समाजवाद, दलित मुक्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि ?धार्मिक ? दलित समुदायको पहिचान, दलित शब्द राख्ने कि नराख्ने लगायतका विषयमा साझा एजेन्डा विकास गरिने जानकारी गराईएको थियो ।

कार्यक्रम्मा मिसन अम्वेडकर नेपालका अध्यक्ष मनोज जैगडी,दलितका लागि दलित अभियानका सुदूरपश्चिम संयोजक सुरत भूल,नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खड्क नागरी,राजनितिक दलका दलित प्रतिनिधी,वडा अध्यक्ष, क्रियाशिल लित पत्रकार संघका केन्द्रिय सचिव धीरज सिह प्रपाला लगायतका ब्याक्तिहरुले दलित समुदायले भोग्दै आएका समस्या र समाधानका लागी गर्नु पर्ने कामका विषयमा आ आफ्ना विचारहरु राखेका थिए ।

कैलास आउजीको सभापतीत्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रमबाट सुरत भुलको संयोजकत्वमा राष्ट्रिय दलित गोलमेच सम्मेलन सुदूर पश्चिम प्रदेश समन्व समिति गठन गरिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न