"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देश बनाउन कांग्रेस–कम्युनिष्टको विकल्प खोजौ : लिङदेन

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन कांग्रेस र कम्युनिष्टको विकल्प खोज्ने बेला आएको बताएका छन् । आइतबार धनगढीमा आयोजीत राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध सभामा अध्यक्ष लिङदेलले देश बनाउन कांग्रेस– कम्युनिष्टको विकल्प खोज्जुपर्ने बृला आएको बताएका हुन । देश बनाउन कांग्रेस, एमाले, माओवादी लगायतको विकल्प खोज्नुपर्छ, त्यो विकल्प राप्रपा हो, यो व्यवस्था र यी नेता असफल भइसकेका छन ,त्यसैले राप्रपालाई मौका दिन। होस उनले भने ।‘अब पनि कांग्रेस र कम्युनिष्टबाट देश बन्छ भन्नु देश बर्वादमा जानु हो, अब यिनीहरुले देश बनाउँछ भनेर नपर्खौ, विकल्प रोजौँ ।’

अध्यक्ष लिङदेनले अभिभावकको रुपमा राजालाई राखेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको ब्यबस्था लागु गर्नुपर्ने बताए । ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने गरी कानुन बनाइरहेको बर्तमान सरकार असफल भइसकेको बताउदै उनले कमिशन खानलाई एयरपोर्ट बनाइरहेकाहरुबाट देश बन्छ भनेर आश गर्नु दिवा सपना जस्तै भएको बताए । युवा बेचेर देश चलाउनु पर्ने अबस्थाको चाँडै अन्त्य गर्नुपर्ने उनले बताए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने बताएका छन् ।

भ्रष्टाचार र कुशासनका विरुद्ध वृहत विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । पटक पटक असफल भएकाहरु प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन नहुने बताउदै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएमा विज्ञहरुको मन्त्रीमण्डल बन्ने बताए । ज्ञान र क्षमता भएका मान्छे ठाउँमा पुगे विकास हुने बताउदै उनले जनताको अवस्था सुधार गर्न व्यवस्था,परिवर्तन हुनुपर्ने बताए । प्रदेश संरचनाले ठूलो व्ययभार बढेकाले यसलाई खारेज गर्नुपर्ने बताउदै उनले प्रदेश संरचनामा हुने खर्च अस्पताल निर्माण,उद्योगधन्दामा लगाउनु पर्ने बताए ।

उद्योगधन्दामा लगानी गरे रोजगारीे सिर्जना हुने बताउदै उनले राजनीतिक खिचातानीका कारण देश वर्बाद भइरहेको बताए । शिक्षा,स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउनु पर्ने बताउदै उनले रोजगारीको अवसर नपाउँदा युवाहरु विदेशिन बाध्य भएको बताए । रोजगारीमा सरकारको ध्यान जानुपर्ने बताउदै उनले मन्त्री प्रधानमन्त्री बदलेर मात्रै देश नबन्ने बताए । राष्ट्रियसभामा पनि विज्ञताका आधारमा सांसद राख्नुपर्ने उनले बताए ।

विरोध सभामा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले काण्डै काण्डका नाइकेहरु कसरी अग्रगमनकारी हुन सक्छन् भनेर प्रतिप्रश्न गरे । ‘देश बचाउन देशभरका राजनीति दलबीच एकता हुन आवश्यक छ, जसमा राजसंस्था पनि एक शक्ति हो उसलाई पनि सँगै लैजानुपर्छ उनले भने ।’सरकारलाई खबरदारी स्वरुप धनगढीको पार्कमोडमा गरिएको विरोध सभामा राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताले मन्तब्य राखेका थिए । मन्तब्य ब्यक्त गर्ने सबैले बर्तमान सरकार र देशका मुख्य दलको बिरोधमै समय खर्चिएका थिए । राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्ंचालन प्रदेश प्रबक्ता छत्र शाहीले गरेका थिए । बिरोध सभामा सहभागी हुन कैलाली–कञ्चनपुरका विभिन्न ठाउँबाट राप्रपा समर्थित नेता तथा कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न