"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गृहमन्त्री लेखकको बचाउ गर्दै दलित संघद्वारा विज्ञप्ती

No data was found

Khabar Raftar

फागुन ०६ कञ्चनपुर । सत्तारुढ दल काँग्रेसको भातृसंगठन नेपाल दलित संघले विज्ञप्ती जारी गर्दै गृहमन्त्री रमेश लेखकको बचाउ गरेको छ । गृहमन्त्री लेखकको निर्देशनमा मधेस प्रदेशका अन्र्तजातीय विवाह बन्धनमा बाँधिएका जोडीलाई प्रहरीले यातना दिएर अलग गरेको आरोप व्यापक भए पछि संघले त्यसमा सत्यता नभएको भन्दै विज्ञप्ति सार्वजनिक गरी गृहमन्त्री रमेश लेखकको बचाउ गरेको हो ।

संघका दुई जना केन्द्रीय सदस्य र जिल्ला पदाधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा गृहमन्त्री लेखक विरुद्ध सामाजिक सञ्जाल फेसबुकबाट दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको   छ । विज्ञप्तीमा सामाजिक सञ्जालमा आन्दोलनको निहुँमा खगेन्द्र सुनार लगायत उच्छृङखल व्यक्तिहरुले कपोकल्पित र अनर्गल अभिव्यक्ति दिई रहेको भन्दै आपत्ति जनाईएको छ ।

संघका केन्द्रीय सदस्यद्वय हरिहर परियार, रमेश दयाल, संघका कञ्चनपुर उप सभापति दिलराम टमटा र उप सचिव दयाराम टमटाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन । उनीहरु मध्ये केन्द्रीय सदस्य परियार भीमदत्त नगर कार्यपालिका सदस्य हुन् ।

संयुक्त विज्ञप्तिमा गृहमन्त्री लेखकको अनर्गल प्रचारले दलित आन्दोलन कमजोर हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल दलित संघ कञ्चनपुरले अनर्गल तथ्य हीन, कपोकल्पित अभिव्यक्ति तथा उच्छृङ्खलताले नेपालको दलित आन्दोलनलाई कमजोर तुल्याउने भएकाले नेपालका सम्पूर्ण दलित अधिकारकर्मीहरु, दलित संघ संस्थाहरुलाई यस्ता अनर्गल, अशोभनीय तथा कपोकल्पित अभिव्यक्ति उत्छृङ्खलपना देखाउने प्रति सचेत र सजग रहन अनुरोध गरेको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न