फागुन ०४ धनगढी । सुदूरपश्चिम प्रदेशसभाका बिषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
शनिबार एकल उम्मेवारी परेपछि निर्बिरोध निर्वाचित भएका चारैवटा समितिका सभापतिहरुले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले)का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली काँग्रेसका तुल्सी देवकोटाले पद तथा गोपनियाको शपथ लिएका हुन ।
Post Views: 86


