माघ २९ कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले ८ किलोग्राम चरेस सहित २ जनलाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर – ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो ।
बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्बर– २ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३ सय ३९ ग्राम र अमरको साथबाट ४ किलो ५ सय ८७ ग्राम गरी ८ किलो ९ सय २६ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको हो ।
Post Views: 23