"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

Khabar Raftar

माघ ०४ धनगढी । धनगढीस्थित त्रिनगर हाटबजार सातै दिन सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, वनदेवीमन्दिरसँगै रहेको हाटबजार सातैदिन सञ्चालन हुने भएको हो । हाटबजारमा हप्ताको तीन दिन धनगढीका किसानले आफ्नो कृषि उपज बिक्री गर्दै आएका भए पनि अब सातै दिन अञ्चालन हुने भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आइतवार, मंगलवार र शुक्रवार धनगढीका किसानले मात्रै कृषि उपज बिक्री गर्दै आएको हाटबजारमा अब सातामा चार दिन सबैका लागि खुल्ला गरिएको छ । सोमवार, बुधवार बिहिवार र शनिवार सबैलाई खुल्ला व्यापार गर्न दिइने नगर प्रमुख गोपाल हमालले बताए । उनले तीन दिन स्थानीय किसानले आफ्नो कृषि उपज बिक्री गर्ने र बाँकी चार दिन अन्य व्यापारीले स्टल राख्न पाउने बताए ।

‘किसानका लागि आइतवार, मंगलबार र शुक्रवार हाटबजार लाग्ने बताउदै उनले बाँकी सोमवार, बुधवार, बिहीबार र शनिवार सबैको लागि हाटबजार लाग्ने बताए । त्रिनगर हाट बजार हप्ताको तीन दिन आइतवार, मङ्गलवार र शुक्रवार मात्रै लाग्दै आएको थियो । हाट बजारलाई किसान मण्डीको रूपमा मात्रै चलाइदै आएको थियो ।

किसान कार्ड बनाएका व्यक्तिले मात्रै हाट बजार लाग्ने दिन व्यापार गर्न पाउने छुट पाएका थिए । धनगढी उपमहानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । फुटपाथबाट विस्थापित व्यक्तिलाई व्यापार गर्ने नयाँ ठाउँ दिन सकिएको छैन । त्यसैले फुटपाथबाट विस्थापितहरूलाई हप्तामा चार दिन त्रिनगर हाट बजारमा व्यापार गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख हमालले बताए ।

उनले फुटपाथमा व्यापार गर्दै आएकाहरूलाई हाटबजारमा आउन र आफूले बिक्री गर्दै आएको सामान बिक्री गर्न आग्रह गरेका छन् । ‘आइतवार,मंगलवार र शुक्रवार किसानहरूका लागि मात्रै र सोमवार, बुधवार, बिहिवार र शनिवारका दिन सबै किसिमका व्यवसायीका लागि हाटबजार खुला गरिएको छ । सबै किसिमको सामान बिक्री गर्न दिइने बताईएको छ ।

हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्री बिक्री गर्न खुल्ला गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाले महिला उद्यमीहरूका लागि शनिवारिय मेला लगाउँदै आएको छ । त्यस्तै युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न धनगढीको खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला लगाउने बताईएको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा