माघ ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को वार्षिक कार्य योजना अन्तर्गत श्री जानकी माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार “बुक फ्री फ्राईडे” कार्यक्रम गरिएको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै यसको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रमले किताबी ज्ञानबाहेक अतिरिक्त सीप आवश्यक भएको वर्तमान समयमा विद्यार्थीहरूलाई व्यावहारिक शिक्षामा जोड दिने उद्देश्य राखेको बताईएको छ ।
बुक फ्री प्राईडे” अन्तर्गत प्रत्येक शुक्रबार किताब बाहेकका गतिविधिहरू सञ्चालन हुने धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिम जैगडीले बताए । विद्यार्थीहरूलाई विभिन्न उपयोगी सीप आर्जन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको बताउदै उनले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरिएको बताए ।
योगदानले विद्यार्थीहरूको अध्ययन प्रति उत्साह बढाउने विश्वास व्यक्त गरिएको बताउदै उनले सधै बिधालयलाई सक्दो सहयोग गर्न तयार रहेको बताए । सानो प्रयासले विपन्न परिवारका बिधार्थिलाई सहयोग होस भनि शैक्षिक सामाग्री बितरण गरिएको उनले बताए । त्यसैगरी गोदावरी नगरपालिका वडा नम्र १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिका सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले अतिरिक्त सीप विकासका यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालयले यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताए । कार्यक्रमले गोदावरी नगरपालिकाका अन्य विद्यालयहरूमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । “बुक फ्री फ्राईडे” को अवधारणा विद्यार्थीहरूको क्षमता र रचनात्मकतालाई उजागर गर्दै व्यवहारिक शिक्षाको नयाँ आयाम प्रस्तुत गर्ने प्रयास स्वरूप आएको उनले बताए ।