"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह

Khabar Raftar

माघ ०४ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सामाजिक प।िबर्तनका लागी सबैले एक भएर लाग्नु पर्ने बताएका छन । शुक्रबार राष्ट्रिय दलित आयोगले धनगढीमा आयोजना गरेको स्थानीय तहका दलित जनप्रतिनिधि र सेलमा कार्यरत नेपाल प्रहरी कर्मचारीहरुलाई दुई दिने अभिमुखी कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन । देश राजतन्त्रबाट गणत्रान्त्रीक ब्याबश्थामा गईसकेको बताउदै मुख्यमन्त्री शाहले सामाजीक परिबर्तन हुन नसकेकाले सबैले एकजुट भएर लाग्नुपर्ने बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जात ब्याबश्थाले सबैलाई विभेद गरेको बताउदै उनले सामाजिक परिवर्तन जरुरी भएको बताए । जातीइ ,वर्गिय र लैङगीक परिबर्तन नभए सम्म सभ्य समाजको निर्माण हुन नसक्ने बताउदै मुख्य मन्त्री शाहले जातीय विभेदको अन्त्यका लागी सबैले हातेमालो गर्नु पर्ने बताए । पुरातनबादी सोच र जातीय मानसिकताका कारण समस्या भएको बताउदै उनले सबै खाले विभेदको अन्त्यका लागी अभियानकासाथ अगाडी बढ्नु पर्ने बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशका सुगम भनिने कैलाली र कञ्चनपुरमा जातिय रुपमा छुवाछूत भईरहेको बताए । नेपाल सरकारले जात परिवर्तन गर्ने व्यवस्था गरेपछि बाहुनको जनसंख्या बढ्नुकासाथै दलितको जनसंख्या घटेको बताउदै उनले सुदूरपश्चिम प्रदेशमा दलितको २० प्रतिशत जनसंख्या जात परिवर्तनका कारण १६ प्रतिशतमा झरेको बताए ।

छुवाछूतका कारण देशको आर्थिक क्षेत्रमा समेत असर परेको बताउदै उनले सुदूरपश्चिम प्रदेशको राजस्वमा समेत कमी आएको बताए । संबिधानले स्पष्ट रुपमा स्थानीय तहहरुमा दलित बिकास समिती गठन गर्ने व्यवस्था गरेको बताउदै उनले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा बझाङको जयपृथ्वी नगरपालिकाले मात्र गठन गरिसकेको बताए ।

दलित सशक्ति करण ऐन अन्र्तगत दलित विकास समिति गठन नहुँदा काम गर्न सकस भएको बताए । जातिय मुद्धामा पुलिसले प्रमाण खोज्दा मुद्धा फिलतो हुने गरेको बताउदै उनले जातीय विभेदका घटनामा प्रहरी बढि जिम्मेवार हुनु पर्ने बताए । त्यसैगरी प्रदेश सभा सदस्य ललिता सुनारले थर परिबर्तनले गर्दा आफ्नो अस्तीत्व मेटिने बताईन ।

उनले सुदूरपश्चिम प्रदेशसभामा यस विषयमा आवाज उठाउने बताईन । त्यसैगरी धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्द्रकला रानाले नेपालको संबिधानले ुसबैलाई समान अधिकारको व्यवस्था गरेको भएपनि त्यसको कार्यान्वन हुन नसक्दा समस्या भएको बताईन । जातिय विभेदको अन्त्य कानुनी रुपमा भए पनि व्यवहारीक रुपमा हुन नसकेको बताउदै उनले भौतिक रुपमा नभई मानसिक रुपमा चेतनाको विकास गरिनु पर्ने बताईन ।

बिकासलाई आर्थिक रुपमा जोड्न सकिएन भने बिकासको कुनै औचित्य नहुने बताउदै उनले सबै भन्दा पहिले मानसिक विकास आवश्यक भएको बताईन । त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देव राज बिश्वकर्माले दलित समुदायहरुले भोगिरहेको समस्या समुदायले एकजुट नभएसम्म अन्त्य नहुने बताए । उनले जातिय छुवाछूतका मुद्धा दलित आयोगमा आउनेगरे पनि सरकारसंग समन्वयन नहुने हो भने समाधान नहुने बताए ।

उनले अमुख जातीलाई छुन नहुने, अमुख जातीसंग बिवाह नहुने सोचका कारण जातिय छुवाछूत कायमै रहेको बताए । नेपालको संबिधानमा छुवाछूत मुक्त राष्ट्र घोषणा गरिसकेको बताउदै उनले अझै जातीय विभेदको अन्त्य हुन नसकेको बताए । उनले मानिसलाई अपमान गरिने कुनै पनि शान्तिीले देशमा शान्ती नभई द्धन्द निम्त्याउने बताउदै मुर्दा शान्तीलाई शान्ती भनिरहेकाहरुले बुझनु पर्ने बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नेपालको संविधानले कुनै पनि विभेद गर्न नपाईने ब्याबश्था गरेको बताए ।

दलितलाई विशेष सुविधा दिनु पर्ने बताउदै उनले कानुन कार्यान्वयनमा सबैले एयबद्धता र प्रतिबद्धता गर्न आवश्यक भएको बताए । पुरानो सोचमा परिबर्तन आउन जरुरी भएको बताउदै उनले दलित शब्द पहिचान भएको बताए । त्यसैगरी डीआईजी गणेश चन्दले कानुन कार्यान्वयनका लागी कटीबद्ध भएको बताउदै जीम्मवारीका साथ काम भईरहेको बताए । आयोगकी सदस्य मीनादवी सोबले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोगका शुसिल विश्वकर्माले गरेका थिए भने कार्यक्रम दुईदिन सम्म चल्ने छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा