भनिन्छ देश भक्त त मर्दैन चुथ्थै देश भए पनि, पती भक्त त मर्दैन पापी पती भए पनि, यो भनाई बास्तबमै यथार्त हो । देश जस्तो सुकै होस देशका लागी मर्ने मान्छे कहिल्यै मर्दैन । त्यस्तै पती जस्तो सुकै पापी भए पनि पती भक्त महिला कहिल्यै मर्दैन भन्ने कुरा सहि सावित हुदै गएका छन । आजकाल अलि फरक फरक दृष्यहरु देखिदै गएका छन ।
देशका निर्मातालाई विर्षने, परिवारको सम्बृद्धी र खुसीका लागी विदेश गएका श्रीमानहरुलाई धोका दिने कार्य हुलदै गएका छन । यध्यपी जसले गल्ती गरेका छन उनिहरुले कुनै न कुनै रुपमा सजाय पनि भुक्क्तान गर्दै आएका छन । समयले सबैलाई ठीक पार्दै पनि गएको छ ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीको सार्बजनीक विदा कटाएर अपमान गर्नेहरुले फेरी पृथ्बी जयन्तीमा सार्बजनीक विदा दिन बाध्य भएका छन । राष्ट्र निर्माता शाहकै कारण नेपाली भएको गर्वको ईतिहास हु“दाहु“दै पनि राष्ट्र निर्मातालाई विर्सनु गल्ती हो भन्ने कुरा सबैले स्विकार गर्नु आवश्यक छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेको नेपाललाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ईतिहा“स कसैले विर्सनु हु“दैन । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको दर्जा त्यतीकै दिईएको होईन भन्ने कुरा बुझन जरुरी छ ।
सरकारले २७ पुसमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको रुपमा देशभर मनाउदै आएको छ । पृथ्वी जयन्ती देशभर मनाउन जरुरी छ । देश र जनताको लागी लडेर ज्यान गुमाउने महान सहिदहरुलाई हामी सबैले सम्झन जरुरु िछ ।
राष्ट्र निर्मार्ता पृथ्वीनारायण शाहलाई मात्र होइन देशको लागी ज्यान गुमाउने सबैलाई हामीले सम्झिन जरुरी छ । देशले देश र जनताका लागी ज्यान गुमाउने सबै शहिदहरुलाई सम्झिन जरुरी छ । राष्ट्रको लागी ज्यान गुमाउने शहिदहरुलाई सबैले सम्झने गरौ ।