भदौ ३० धनगढी । भारतीय कम्पनी एनएचपीसीले राष्ट्रिय प्रसारण ग्रीड कम्पनीसँग प्रसारण लाइन प्रयोगको प्रस्ताव राखेको छ । एनएचपीसीले वेस्ट सेती–६ (एसआर–६) बाट उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाउने प्रसारण लाइन प्रयोग गर्ने प्रस्ताव गरेको हो ।
एनएचपीसीले एसआर–६ को बिजुली प्रसारण गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको प्रसारण लाइन प्रयोगको प्रस्ताव गरेको हो । यसमा उसले ह्विलिङ चार्ज तिर्ने गरी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले बताए । ‘एनएचपीसीले निर्माणको जिम्मा लिएको पश्चिम सेतीको सम्झौता भइसक्यो ।
अहिले एसआर–६ को लागि प्रस्ताव राखेको छ । एसआर–६ बाट उत्पादन भएको बिजुली ग्रीड कम्पनीलाई ह्विलिङ चार्ज तिरेर दोधार सवस्टेसन सम्म लैजानको लागि प्रस्ताव राखेको ज्ञवालीले बताए । एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाट सेती नदी ६ (एसआर सिक्स) बनाउने भएको छ ।